Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:००:२१ बिहान
- ADVERTISEMENT -

चुनाव लक्षित गतिविधि बढ्दै  : धरानमा काङ्ग्रेसले उमेदवार टुङ्ग्यायो

प्रकाशित मिति: २०७६ कात्तिक ७, बिहीबार

663
Shares

धरान, ७ कात्तिक २०७६ । उप-निर्वाचनको तिथि नजिकिँदै जाँदा सुनसरीको धरान उपमहानगरपालिकामा चुनावी चहलपहल सुरू भएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र काङ्ग्रेसले चुनाव लक्षित गतिविधि अघि बढाएको बताएका छन् ।

“हामीले उमेदवार सिफारिस गरेर केन्द्रमा पठाइसकेका छौं । केन्द्रले निर्णय गरेपछि दोस्रो चरणको चुनावी अभियान सुरू हुन्छ,” काङ्ग्रेसका जिल्ला सभापति राजीव कोइरालाले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तीलक राईको नाम एकल रूपमा माथिल्लो कमिटीमा सिफारिस गरेको छ । राई यसअघि २०७४ सालको निर्वाचनमा मेयर पदमा पराजित भएका थिए ।

सत्तारूढ नेकपाभित्र भने उमेदवार छान्नै सकस भइरहेको पार्टीका कार्यकर्ताले बताएका छन् ।

स्थानीय तह निर्वाचनका बेला छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेपछि उसलाई उमेदवार छान्न झन् ठूलो सकस भएको छ । धरान उपमहानगर कम्युनिस्ट प्रभाव र विशेषतः पूर्वएमाले वर्चस्वको क्षेत्र भएकाले पनि उमेदवार छान्न सकस भएको बताइएको छ ।

बि स २०७५ साउन १ गते धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन गर्नुपरेको हो । छातिमा निमोनियाको सङ्क्रमण फैलिएपछि सुब्बाको निधन भएको थियो ।

“ताराजीको लिगेसी पनि छ । धेरै आकाङ्क्षीहरू हुनुहुन्छ । पार्टीले सर्वसम्मत ढङ्गले राय दिएर माथिल्लो कमिटीमा पठाउँछ,” पार्टीका नगर सदस्य राजमणि निरौला भन्छन्, “उमेदवार सिफारिस नटुङ्गिए पनि चुनावी गतिविधि रोकिएको छैन ।” चुनाव लक्षित टोल र वडास्तरीय भेलाहरु भइरहेको निरौलाको भनाइ छ ।

नेकपाले यही कात्तिक १० गतेभित्र उमेदवार सिफारिस पठाउन निर्देशन दिइसकेको छ ।

प्रदेश १ को मिनि जनमत सङ्ग्रह मानिएको धरानको निर्वाचनमा नेकपालाई उमेदवार छान्नु पहाड पल्टाउन भन्दा गाह्रो हुने त्यहाँका कार्यकर्ता बताउँछन् ।

“पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका आ–आफ्नै दाबी छन् । स्थानीय पत्रपत्रिका, रेडियोमा अन्तर्वार्ता दिँदै हिँडेका छन्,” नेकपाका कार्यकर्ता भन्छन् ।

स्रोतका अनुसार नेकपामा जिल्ला सदस्य प्रकाश राई र प्रदेश सदस्य विजय राईले दाबी गरेका छन् । दुवै पूर्वएमालेका हुन् । पूर्वमाओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले पनि दाबी गरेका छन् । बेघा यसअघि पनि उमेदवार थिए । पूर्वमाओवादी केन्द्रकै चोत्लुङ लिम्बुले पनि दाबी प्रस्तुत गरेका छन् । पत्रपत्रिकामा अन्तर्वार्ता दिँदै हिँडे पनि उनको भन्दा प्रकाशकै सम्भावना बलियो रहेको नेकपाका नेता–कार्यकर्ता बताउँछन् ।

“यसअघि पनि पूर्वएमाले नै एकल, पाँच हजार मतले जितेको ठाउँ हो । अहिले पनि पूर्वएमालेकै प्रभाव छ । पार्टीले यही अनुसार निर्णय गर्छ,” जिल्ला कमिटीका एक नेताले भन्नुभयो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -