Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४८:१३ बिहान
- ADVERTISEMENT -

तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीचको द्वन्द्व फेरि चर्कियो

प्रकाशित मिति: २०७६ कात्तिक ५, मंगलबार

716
Shares

काठमाडौं, ५ कात्तिक २०७६ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीचको द्वन्द्व फेरि चर्किएको छ ।

दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको पूर्वसन्ध्यामा सुरु भएको अध्यक्ष बस्नेत र महासचिव शाहीबीचको द्वन्द्व तरुण दलको स्थापना दिवसको पूर्वसन्ध्यामा पुनः बल्झिएको हो ।

अध्यक्ष बस्नेतले तरुण दलको ६३ औं स्थापना दिवसको अवसर पारेर कात्तिक १० गते पार्टी कार्यालय सानेपामा ‘शुभकामना आदानप्रदान र चियापान कार्यक्रम’ तय गरेको एक दिनपछि महासचिव शाहीले उपत्यकास्तरीय भेला आयोजना गरेर स्थापना दिवस मनाउने घोषणा गरेका छन् ।

अध्यक्ष बस्नेतले कात्तिक २ गते मिति उल्लेख गरिएको विज्ञप्ति कात्तिक ४ गते सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै ‘शुभकामना आदानप्रदान र चियापान कार्यक्रम’ का बारेमा सार्वजनिक गरेका हुन् भने महासचिव शाहीले मंगलबार मध्यान्ह फेसबुकमार्फत् नै कात्तिक १० गते नै उपत्यकास्तरीय भेला गरिने जानकारी दिएका हुन् ।

गत भदौ २८ गते एकअर्कालाई कारवाहीको घोषणा गरेका अध्यक्ष बस्नेत र महासचिव शाहीले तरुण दलको स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रम स्थल पनि एउटै तय गरेका छन् । बस्नेतले जारी गरेको विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यालयमा चियापान समारोह आयोजना गरिने उल्लेख छ भने शाहीले पनि सोही दिन पार्टी केन्द्रीय कार्यालयमै भेला आयोजना गरिने प्रतिक्रिया दिएका छन् ।

उनले वरिष्ठ नेता पौडेलको प्रमुख आतिथ्यता र महामन्त्री डा। शशांक कोइरालाको विशिष्ट आतिथ्यतामा आयोजना गरिने भेलाका लागि आफ्नो नेतृत्वमा सबै जिल्ला अध्यक्ष सहस्य रहेको एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको पनि दाबी गरे । उनले भेलामा नेताहरु प्रकाशमान सिंह, डा। शेखर कोइराला, कृष्णप्रसाद सिटौला, डा। मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइरालालाई अतिथिका रुपमा आमन्त्रण गरिने पनि बताए ।

उनले सुरेश डंगोलको संयोजकत्वमा तरुण युवा परिचालन समिति र माधव सेढाईंको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरेर दलको स्थापना दिवसको अवसरमा आयोजना हुन लागेको उपत्यकास्तरीय भेलाको तयारी सुरु गरिएको पनि प्रतिक्रिया दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -