चितवन, ५ कात्तिक २०७६ । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले सरकार देश र जनता प्रति गैरजिम्मेवार भएको बताउनु भएको छ । संविधान संरक्षण गर्नेहरुबाट नै जनतालाई खतरा रहेको भन्दै उहाँले कांग्रेस सदन र सडकमा बलियो बन्नु पर्नेमा जोड दिनुभयो ।
शुभ दिपावली, छठ र नेपाल संवत्को अवसरमा नेपाली कांग्रेस गैँडाकोट ९ ले नवलपुरमा गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताउनु भएको हो ।
घर भित्रको झगडालाई मिलाई चुनावको तयारीमा जुटन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । जनताको आँखामा छारो हाली शासन गर्न खोज्ने कम्युनिष्ट शासकलाई रोक्न नसके नेपाल एकादेशको कथा हुनेमा कोइरालाको जोड थियो ।
महामन्त्री कोइरालाले लुटतन्त्रको सरकारलाई जनता र कांग्रेसको शक्ति देखाउन आवश्यक रहेको बताउनु भयो ।








































