काठमाडौं, ४ कात्तिक २०७६ । प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई बौद्धको नयाँवस्तीबाट पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले ३५ हजार बराबरको नक्कली नोटसमेत बरामद गरेको छ । पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन । प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ ।








































