Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४५:१० बिहान
- ADVERTISEMENT -

पौराणिक कथामा आधारित “बलि राजाको भाईटिका” भिडियो सहित

प्रकाशित मिति: २०७६ कात्तिक ३, आइतबार

1362
Shares

ललितपुर, कात्तिक ३ गते आइतबार ।

दिदीभाई बिचको पबित्र माया,

युग युगसम्म बाचिरहोस,

सम्पूर्णमा तिहारको शुभकामना……

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

छायाँले भाईलाई राम्रो,

दिदीको मायाले तिहारै झलल ……

दिदि तिमीले दिएको माया

जुनी जुनी हुनेछ सम्झना

नेपालीहरुको दोस्रो ठुलो महान चाड शुभ दीपावलीको अवसरमा तरेली संगीत कुञ्जको प्रस्तुतिमा, पौराणिक कथामा आधारित रेशम सापकोटाको देउसी भैलो गीत “बलि राजाको भाईटिका” गीतको भिडियो सार्बजनिक गरिएक छ ।

उक्त गीतमा उनै लोकप्रिय गायक रेशम सापकोटा, मञ्जु गौतम, पवित्रा रिजालको सुमधुर आवाज रहेको छ । शब्द-संगीत रेशम सापकोटाको र निर्मात्री मीरा सापकोटाको रहेको छ ।

बासु बरालको छायांकन, राजन पौडेलको व्यवस्थापन, रोशन धितालको सम्पादन, रेशम सापकोटाको निर्देशनमा उक्त भिडियो निर्माण भएको हो ।

रेशम सापकोटा, सुर्य याक्चा मगर, बसन्ती भट्ट, तेजेन्द्र गौतम, रोशनी सापकोटा, माधब प्रसाद सिग्देल र चन्द्र बिडारीको अभिनय रहेको उक्त भिडियोमा तरेली संगीत कुञ्जको दृश्य निर्माण रहेको छ ।

बलि राजाको पूजाका सम्बन्धमा एउटा किम्बदन्ती पनि प्रचलित रहेको छ । जसअनुसार प्राचीन वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे, उनी दानी राजाका रुपमा कहलिएका थिए ।

भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासँग ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा पुराणमा वर्णन गरिएको छ ।

भगवान् विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ । यस समयमा बलि राजाको पूजा गरेमा भगवान् विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिन्छ ।

यही मान्यताका कारण आजकाल पनि देउसी भैलो खेल्दा ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनी भट्याउने गर्छन् । लक्ष्मी पूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने प्राचीन परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ । भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ । अहिले महिला पुरुष दुवैले देउसी भैलो खेल्न थालेका छन् ।

प्राकृतिक रुपमा पनि सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै तिहार आएजस्तो अनुभव हुन्छ । कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाइन्छ । जसलाई भाईटीका भनिन्छ ।

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -