गोरखा, २ कात्तिक २०७६ । गोरखा सदरमुकामको छेवेटार बजारबाट ३ लाख मुल्य बरावरको सालको काठ बरामद गरिएको छ ।
गोरखा नगरपालिका १० को छेवेटार बजारको सानो बगैचामा बेबारिसे अवस्थामा रहेको २० वटा सालको बल्लाबल्ली (सानो आकारको काठ) वरामद भएको डिभिजन बन कार्यालय गोरखाले जानकारी दिएको छ ।
बरामद भएको सालको उक्त बल्लाबल्ली अनुसार २ लाख ७२ हजार ७०० बरावरको बजार मुल्यको भएको सहायक बन अधिकृत तथा डिभिजन बन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिनुभयो ।
साँझपख बेबारिसे अवस्थामा सानो बगैचामा देखिएको उक्त सालको काठको बिषयमा कार्यालयलाई प्रहरीले सूचना दिएको थियो ।
सूचना पाउनासाथ कार्यालयले गोरखकाली सब डिभिजन बन कार्यालय १२ किलोलाई खबर गरेको थियो । बरामद सबै काठ अहिले सब डिभिजन कार्यालयमा राखिएकोे छ ।
बरामद काठ ४५.४५ क्यू फिट रहेको सब डिभिजन बन कार्यालय १२ किलाले जनाएको छ । सरकारी दररेट प्रति क्यू फिट ५०० रुपैयाँ भएता पनि बजारमा सालको काठको मुल्य प्रति क्यू फिट ६ हजार रुपैयाँ सम्म बिक्री हुने गरेको छ ।
काठ बरामद भएपनि कसले ल्याएको हो भन्ने बारेमा खुल्न नसकेकाले आम्दानीमा बाधेर प्रकृया पु¥याई लिलामी गर्ने कार्यालयले जानकारी दिएको छ । काठ कसले र कहाँ लैजान लागेको हो भन्ने जानकारी नभएकाले थप अनुसन्धान भईरहेको सब डिभिजन कार्यालयले जनाएको छ ।








































