Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:२२:१७ बेलुका
- ADVERTISEMENT -

उपनिर्वाचनको उम्मेद्वारी दर्ता २१ गते, कार्यतालिका सहित

प्रकाशित मिति: २०७६ कात्तिक १, शुक्रबार

698
Shares

काठमाडौं, १ कार्तिक २०७६  । निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका आज (शुक्रबार) सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । प्रनिनिधिसभा सदस्यतर्फ कास्की–२ मा उपनिर्वाचन हुँदैछ ।

त्यस्तै प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा निर्वाचन क्षेत्र–१, बागलुङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र– २ र दाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा निर्वाचन क्षेत्र–२ मा उपनिर्वाचन हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका रहेको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सोही दिन दिउँसो १ः३० देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ देखि दिउँसो १ः३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

त्यस्तै, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समयसहितको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

यसैगरी स्थानीय तहतर्फ सुनसरी जिल्लाको धरान उपमहानगरपालिका प्रमुख, पाचँथर जिल्लाको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, संखुवासभा जिल्लाको मकालु गाउँपालिका अध्यक्ष र महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

यस्तै, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षसहित विभिन्न ३४ वटा जिल्लाका ४० वटा स्थानीय तहका विभिन्न वडाका वडा अध्यक्ष–४३ गरी जम्मा ४८ रिक्त पदका लागि हुने उपनिर्वाचनका निम्ति कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका छ ।

कात्तिक २७ गते दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २९ गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।

यस्तै कात्तिक ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, ३० गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय सहितको निर्वाचन कार्यक्रम आयोगले तयार पारेको छ ।

आयोगका प्रवक्ता श्रेष्ठका अनुसार आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको छ ।

उपनिर्वाचनबारे छलफल गर्न कांग्रेसले बैठक

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको छ । कात्तिक ७ गते बिहीबार दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । मंसीर १४ गते हुने उपनिर्वाचनको तयारीबारे छलफल गर्न कांग्रेसले बैठक डाकेको उनले जानकारी दिए ।

केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन पनि कांग्रेसले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -