जापान, २७ असोज २०७६ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले आउँदै गरेको हिन्दू नेपालीहरुको महान् चाड तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ ।
जापानको मुख्य दुई शहरमा आयोजना हुने कार्यक्रम फुकुओकामा अक्टोबर २७ आइतबार र टोकियोमा २८ सोमबार हुने आयोजकले जनाएको छ ।
प्रतिष्ठान जापान शाखाका कलाकारहरुको संयुक्त र एकल प्रस्तुतिसँगै रमाउन टोकियो र फुकुओका दुवै ठाउँमा कार्यक्रम हुनेछ ।
रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल,जापान शाखाको मुख्य आयोजनामा जापानमा नै क्रियाशिल बिभिन्न संघ सस्थाहरूको उपस्थितिमा आउँदै गरेको नेपालीहरुको महान पर्ब शुभ दीपावलीको अबसरमा देउसी -भैलो कार्यक्रमको तयारीमा छन् ।
रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानका निबर्तमान अध्यक्ष चन्द्र शर्माको बिशेष आतिथ्यतामा यहि कात्तिक १२ गते तदनुसार अक्टुवर २७ तारिखका दिन Ajiwai Toyo Restaurant, Tokyo-to, Chiyoda_Ku, Nishikanda 2-2-13-B1-JR Shabu Line\Toei Mita Lin, Suidobashi Station मा हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपाल, जापान शाखाका प्रबक्ता केशव पौडेलले जनाउनु भएको जानकारी दिनुभयो ।








































