Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१०:२३ बिहान
- ADVERTISEMENT -

सभामुखमा अब को को छन् दाबेदार ?

प्रकाशित मिति: २०७६ असोज १६, बिहीबार

806
Shares

काठमाडौँ, १६ असोज २०७६ । संसद सचिवालयमा काजमा कार्यरत महिला स्वास्थ्यकर्मी रोशनी शाहीले यौन दुराचारको आरोप लगाएपछि नेकपाले कृष्णबहादुर महरालाई दबाब दिएर पदबाट राजीनामा दिन लगायो । महराको राजीनामासँगै रिक्त सभामुख पदमा को आउला भन्ने चासो र चर्चा सुरु भएको छ ।

पूर्वएमाले भने पार्टी एकता भइसकेको अवस्थामा पूर्वसमूह नभनी सक्षम र योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने पक्षमा छ । स्वयं नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली यही लाइनमा छन् । त्यसैले भावी सभामुखमा पूर्वएमाले र पूर्वमाओवादी समूहबीच लफडा हुने देखिएको छ । स्रोतका अनुसार हालसम्म पूर्वमाओवादीबाट हरिबोल गजुरेल, अग्नि सापकोटा, देव गुरुङ, पम्झा भुसाल, लेखराज भट्ट र जनार्दन शर्माको दाबी छ ।

उनीहरु सबैले सम्बन्धित ठाउँमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । यदि पूर्वमाओवादीले सभामुख पाएमा उक्त पदमा जाने व्यक्ति भने माथि उल्लेख गरिएकाहरुबाटै हुने निश्चित छ । तर, पूर्वएमालेबाट पटकपटक सभामुख र संविधानसभा अध्यक्ष रहिसकेका नेकपा उपनेता सुवास नेम्वाङले पुनः सभामुखको भूमिकामा जान चाहेका छन् । राजीतिका चतुर खेलाडी नेम्वाङ प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् ।

नेकपाभित्र महराको उत्तराधिकारी बन्न चाहने आकांक्षी धेरै देखिएका छन् । त्यसमा पनि पूर्वमाओवादी समूहमा । पूर्वएमाले र पूर्वमाओवादीबीच शक्ति बाँडाफाँड हुँदा सभामुख माओवादीका भागमा परेको थियो । महरा आफ्नो कोटाबाट सभामुख भएकाले स्वतः उक्त पद आफ्नो समूहले पाउनुपर्ने दाबी पूर्वमाओवादीको छ ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -