काठमाडौँ, १५ असोज २०७६ । चर्चित लोक गायक भगवान भण्डारीको “फुलमाया” गीतको म्युजिक भिडियो आम दर्शक स्रोता माझ सार्बजनिक गर्नु भएको छ ।
नेपालीहरुको महान् चाड दशैं नजिकिँदै गर्दा उहाले आम दर्शक स्रोता माझ अलि फरक खालको गीत लिएर आउनु भएको छ ।
उक्त गीतमा लोकप्रिय गायक भगवान भण्डारी र ज्ञानु परियारको सुमधुर आवाज रहेको छ ।
लय अनि शब्द उनै गायक भगवान भण्डारीको रहेको छ भने माधब भण्डारीको संगीत संयोजन रहेको छ ।
प्रकाश भट्टको निर्देशनमा, राजेश घिमिरेको छायाँकनमा, बिष्णु शर्माको सम्पादनमा, रिना थापा मगर र अनिल थापाको अभिनय रहेको छ । साई भिजन प्रा लि ले दृश्य निर्माण गरेको छ ।
भिडियो








































