काठमाडौँ, १५ असोज २०७६ । यौन अपराधको विवादमा परेपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् ।
निर्मल महराको स्टाटस ।
‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ । आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ ।
बुख्याँचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बढ्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरु सँग फेरि भेट हुने छ ।’

महराको कान्छा छोरा राहुल महराको स्टाटस ।
राजनीतिक इतिहासमा जनताकै पक्षमा अपुर्ब त्याग गरियो । अकल्पनीय परिस्थितिको सामना पनि यहि राजनीतिमा खेप्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ, आज ब्यक्ति होइन, आस्था र धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक संजालमा ढ्रनता पुर्बक लड्ने, फोन खबरमा सम्झने, पार्टी संगठनद्वारा चिन्ता ब्यक्त गर्ने र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोड गर्न सहयोग पुर्याउने संचारकर्मी, नेता, कार्यकर्ता, युवा, बिधार्थी, बिपक्ष दलका मित्र हरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठुलो मौका पनि मिलेको छ । बुख्याछ्याहरु खडा गरी क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने बिदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सवल दिएको छ । शिक्ष। लिएर जनाताको पक्षमा अगाडी बढ्ने प्ररणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको छ । क्रान्तिकारीहरुसंग फेरी भेट हुनेछ ।

यसरी महराका दुई छोराहरुले आफ्ना बावुलाई सिध्याउन लागेको भन्दै पार्टीकै नेताहरु र ‘विदेशी शक्तिकेन्द्र’लाई पनि चेतावनीको भाकामा ‘सन्देश’ दिएका छन् ।








































