Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
९:४९:४० बिहान
- ADVERTISEMENT -

सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपका बारेमा सामान्य नागरिकसरह छानबिन हुनु पर्नेमा जोड

प्रकाशित मिति: २०७६ असोज १५, बुधबार

529
Shares

काठमाडौं, १५ असोज २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपका बारेमा सामान्य नागरिकसरह छानबिन गर्नुपर्ने बताएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसले कानुनको नजरमा सबै नागरिक बराबर हुने भन्दै सभामुख महरामाथि लागेको आरोपका बारेमा कानुनबमोजिम छानबिन हुनुपर्ने बताएको हो ।

“कानुनको नजरमा सबै समान हुन्छन् । कानुनतः प्रक्रियामा गएर निर्दोष सावित हुन पाउने अधिकार सामान्य नागरिकलाई पनि छ । दण्डित हुनुपर्ने जिम्मेवारीबोध उच्च पदको मानिसलाई पनि हुन्छ,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, “यसकारण कानुनले आफ्नो बाटो लिनुपर्छ । कानुनबमोजिम यो प्रक्रिया अगाडि बढ्नुपर्छ । कानुनले के भन्छ भन्ने बारेमा हामीले धेरै भनिरहनुभन्दा पनि यो विषय पहिले नै प्रष्ट छ ।”

सभामुख महराले पद त्याग गरेको घोषणा गरेको विषयलाई कांग्रेसले राजीनामा कार्यवाहक दिएजस्तो भएको टिप्पणी गरेको छ । “छानबिन निष्पक्ष रुपमा अगाडि बढाउनका लागि सभामुख महराले जिम्मेवारी परित्याग गर्नुपर्छ भन्ने मान्यता कांग्रेसले सार्वजनिक गर्यो । र, महराले पनि पद त्याग गरेको घोषणा गर्नुभएको छ । तर, राजीनामा दिनुभएको हो कि कार्यवाहक दिनुभएको हो ?,” प्रवक्ता शर्माले प्रश्न गरे ।

उनले छानबिनका लागि एक वर्षसम्म लाग्यो भने संसद कार्यवाहकले चलाउने ? भन्ने प्रश्नसमेत गरे । प्रवक्ता शर्माले प्रश्न गरे, “उपसभामुखलाई कार्यवाहक दिने भन्ने जुन व्यवस्था छ, त्योअनुसार राजीनामा दिएँ भन्नुभएको छ । तर, उहाँले आफैँ समयावधि किटान गर्नुभएको छ– छानविन प्रक्रिया नसकिएसम्म । यस बीचमा छानबिन गर्न एक वर्ष लाग्यो भने नेपालको संसद सभामुखविहीन भएर एक वर्षसम्म कार्यवाहकको नेतृत्वमा जाने ?”

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -