काठमाडौं, १४ असोज २०७६ : सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारको आरोपको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको उल्लेख गर्दै त्यसको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका हुन् ।
सभामुख महराले संसद सचिवालयकै कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको भन्ने आरोप गम्भिर मुद्धा भएको भन्दै महामन्त्री कोइरालाले त्यसको निष्पक्ष छानविन गरेर आवश्यक निर्णय लिनुपर्ने बताएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले यो आरोप आरोप मात्रै हुनसक्ने भए पनि त्यसमाथि छानविन भएर तत्काल निर्णय लिनुपर्ने स्पष्ट पारे । सभामुख महरामाथि सोमबार साँझ संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दूव्र्यवहार गरेको आरोप लागेको थियो ।
यसैक्रममा, महामन्त्री कोइरालाले रेडियो नेपालका ३ जना पत्रकारलाई सरकारले निष्काशन गरेकोमा आपत्ति जनाउँदै तत्काल पुनर्वहाली गर्न पनि आग्रह गरेका छन् । महामन्त्री कोइरालाले सरकारले पत्रकारहरुमाथि नियन्त्रण हुने गरी कानुन बनाउन खोजेको दावी गर्दै सैह्य नहुने चेतावनी समेत दिएका छन् ।








































