Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:१८ बिहान
- ADVERTISEMENT -

‘अरुसँग लड्न सक्ने पार्टी’ बनाउन आह्वान

प्रकाशित मिति: २०७६ असोज १३, सोमबार

677
Shares

काठमाडौं, १३ असोज २०७६ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफैंसँग लड्ने नभई अरुसँगै लड्न सक्ने पार्टी बनाउन पार्टीका सबै लाग्नुपर्ने धारणा अघिसारेका छन् ।

नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आइतबार बनेपामा आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा मन्तव्य दिने क्रममा उनले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताएका हुन् ।

‘झगडा गर्ने पार्टी नबनाऔँ, पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?’– देउवाको प्रश्न थियो । कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको दाबी गर्दै उनले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताए ।

यसरी गुटका कारण दल थला परेको भनी सभापति देउवाले गुनासो गर्दैगर्दा सोही कार्यक्रमबीच कृष्णप्रसाद सिटौलाले नेतृत्वले नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ शैली, आचरण, व्यवहार र नयाँ संस्कार दिन सक्नुपर्ने भन्दै उनले देउवाको कार्यशैली र क्षमतामाथि ब्यङ्ग्य प्रहार गरे । सत्तारुढ दलले पछिल्लो समयमा चीनका नेताको विचार पढेर त्यसलाई लागू गर्न खोजिएको आरोप पनि उनले लगाए ।

यसरी पार्टीका शीर्ष नेतृत्वपङ्क्तिबीच गुटगत घोचपेच चलिरहँदा स्थानीय नेता–कार्यकर्ता भने त्यसबाट मनोरञ्जन लिइरहेका थिए ।

मीनेन्द्रमाथि आक्रमणको प्रयास !

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा गएका नेता रिजाल, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति लगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुङ्गा र सिसीले आक्रमणको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमका विषयमा स्थानीय प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको काङ्ग्रेसले जनाएको छ । गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा रिजालबाट गराउने निर्णय गरेपछि उनी त्यहाँ पुगेका विज्ञप्तिमा जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -