Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५४:१५ बिहान
- ADVERTISEMENT -

बैंकबाट करिब ५ अर्ब रुपैयाँ चोर्ने गरी बनाएको योजना विफल

प्रकाशित मिति: २०७६ असोज ८, बुधबार

1056
Shares

काठमाडौं, ८ असोज २०७६ । कृषि विकास बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना प्रहरीले विफल बनाइदिएको छ। ह्‍याकरको समूहले नेपाली बैंकबाट करिब ५ अर्ब रुपैयाँ चोर्ने गरी बनाएको योजना प्रहरीले समयमै थाहा पाएर विफल पारिदिएको हो।

ह्‍याकरको समूहले भारतमा बसेर नेपालका व्यक्तिलाई सम्पर्क गरी विभिन्‍न बैंकबाट रकम चोरी गर्ने योजना बनाएको प्रारम्भीक अनुसन्धानले देखाएको छ। महानगररीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरि भइसकेको जानकारी दिए।

कृषि विकास बैंकबाट चोरिएको १२ लाख रुपैयाँ नयाँ बानेश्वरस्थित पानस रेमिटबाट निकालेको अवस्थामा प्रहरीले बरामद गरेको छ। यो प्रकरणमा कृषि विकास बैंकमा हयाक गर्न सघाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा पत्रकार सम्मलेन गरेर प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्र बहादुर बुढा रहेका छन्। जसमध्ये चारजनालाई प्रहरीले सार्वपजनिक गरेको छ। रकम लुट्नेहरुले १५ देखि ३५ प्रतिशतसम्म रकम कमिसन दिई हुण्डीमार्फत् भारत पठाउने गरेको एसएसपी थापाले बताए।

राष्ट्र बैंकले लुटमा बैंककै कर्मचारीहरुको संलग्नता भएको पुष्टि गरेको छ । राष्ट्र बैंकका अनुसार तीन जना कर्मचारीले कृषि विकास बैंकको आफ्नो युजर प्रयोग गरेर विभिन्न खातामा पैसा ट्रान्सफर गरेका थिए । त्यसमध्ये २ करोड हाराहारी ट्रान्सफर गरिएका खातावालाहरुले झिकिसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -