गोरखा, ७ असोज २०७६ । नेपाली काँग्रेसले डुबान पीडितहरुको रोक्का भएको घरजग्गाको तत्काल मुआब्जा निर्धारण तथा वितरण नगरे जनता लाई साथ लिएर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखाले सोमवार जारी सचिव नन्द प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ “परियोजनाले आबश्यक भनी रोक्का गरेको जग्गा मध्ये गोरखाको आरुघाट बजार, आर्खेत, धादिङको आरुघाट बिशालनगर, त्रिपुरेश्वर खहरे क्षेत्रका घरजग्गाको हाल सम्म पनि सरकारद्वारा मुआब्जा निर्धारण नहुनुले यो क्षेत्रका जनता प्रति राज्यद्वारा ठूलो अन्याय भएको नेपाली काँग्रेस गोरखाको ठहर छ ।
माथी उल्लेखित डुबान क्षेत्रहरु २०७३ जेठ १९ गतेबाट सम्पूर्ण घर जग्गा बेचबिखन र बैकिङ्ग कारोवार सरकारद्वारा बन्देज गरिएको थियो ।” सरकारको पछिल्लो क्रियाकलाप हेर्दा सरकार जनताको समस्या र आयोजना बनाउने प्रति उदासिन देखिएको छ भनी विज्ञप्तीमा उल्लेख छ ।









































