Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
११:०६:३९ बिहान
- ADVERTISEMENT -

आरुघाट र खहरे क्षेत्रको मुअब्जा निर्धारण गर्न माग

प्रकाशित मिति: २०७६ असोज ७, मंगलबार

700
Shares

गोरखा, ७ असोज २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट र खहरे क्षेत्रको मुअब्जा निर्धारण गर्न माग गरेको छ ।

पार्टी कार्यालय पाटेचौरमा आइतबार बसेको जिल्ला पार्टी सचिवालय बैठकले मुअब्जा निर्धारण गर्न बाँकी रहेका क्षेत्रको तत्काल मुअब्जा तोक्न माग गरेको पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले जानकारी दिनुभयो । “डुबानमा पर्ने गोरखा र धादिङतर्फका बजार क्षेत्रको अझै मुअब्जा निर्धारण हुन सकेको छैन”, अध्यक्ष थापाले भन्नुभयो, “पार्टी सचिवालयको बैठकले नै छिटो मुअब्जा निर्धारणका लागि सरकारसँग माग गरेका छौँ ।” बैठकले लगत सङ्कलनको काम सकेको क्षेत्रमा घरगोठको बिरुवाको मुअब्जा निर्धारण गरी तत्काल वितरणको काम अघि बढाउन सरकारसँग आग्रह गरेको उहाँले बताउनुभयो ।

आरुघाट खहरे क्षेत्रको मुअब्जा निर्धारण हुन नसक्दा प्रभावित क्षेत्रका जनताको असन्तुष्टि बढ्दै गएको भन्दै उहाँले छिटोभन्दा छिटो उचित मुअब्जा निर्धारण हुनुपर्नेमा पार्टीको जोड रहेको बताउनुभयो । “त्यस क्षेत्रको अहिलको चलनचल्तीको मूल्य र सरकारी ऐन कानूनलाई टेकेर मुअब्जा निर्धारण गर्नु उचित हुन्छ”, उहाँले भन्नुभयो, “जनतालाई लामो समय अन्यौलमा राख्नु हुँदैन ।”

बैठकले जलस्रोत तथा ऊर्जा मन्त्रालय एवं मुअब्जा निर्धारण समिति आयोजना एकाइलाई मुअब्जा निर्धारण गरी आयोजना निर्माणको कामलाई अघि बढाउन आग्रह गरेको अध्यक्ष थापाको भनाइ छ ।

त्यस्तै बैठकले नेपालीको ठूला चाडपर्व नजिकिएकाले दशैँ, तिहार, छठ तथा इद लगायतका पर्वका अवसरमा यातायात सुविधा पु¥याउन सडक मर्मत तथा सुधार एवं सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -