गोरखा, ६ असोज २०७६ । गोरखाको सहिद लखन गाउँपालिका– ३ ग्याजाबोटबाट अबैध हतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्याजाका ६७ बर्षिय कमानसिं गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिनुभयो ।
भरुवा बन्दुक सहित पक्राउ परेका गुरुङलाई आज बिहान सदरमुकाम ल्याइएको उहाँले बताउनुभयो । गुरुङमाथि आजै मुद्धा दर्ताको तयारी भईरहेको प्रहरी निरीक्षक नरालले जानकारी दिनुभयो ।
गुरुङलाई इलाका प्रहरी कार्यालय मनकामनाबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । गुरुङले घरमा अबैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको अबस्था प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ ।








































