चितवन, ६ असोज २०७६ । नेपाली कांग्रेस चितवनले दोश्रो चरणको जागरण अभियान सम्पन्न गरेको छ । पार्टीले १५ दिने जागरण अभियान अन्तर्गत जिल्लामा रहेका प्रदेश स्तरीय क्षेत्रहरुमा बिबिध कार्यक्रम गरेको थियो ।
सो जागरण अभियानको प्रगतिका बारेमा जानकारी दिन आज बिहान पार्टी कार्यालय कमलनगर नारायणगढमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको कांग्रेस चितवनले जनाएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय जागरण अभियानका क्रममा भएका उपलब्धीका बारेमा जानकारी दिईने र भोली मंगलबार बिहान भरतपुरको चौबिसकोठीमा शान्तीपुर्ण प्रदर्शन गर्ने कार्यक्रम रहेको काँग्रेस चितवनका सचिव उत्तम जोशीले बताउँनुभयो ।
दोस्रो चरणको जागरण अभियानको समापनका लागि काँग्रेस मुख्य सचेतक वालकृष्ण खाँड चितवन आउने कार्यक्रम तय भएको पनि उहाँले वताउनु भयो । असोज ७ गते हुने समापनलाई काँग्रेसले शक्ति प्रदर्शनको रुपमा लिएको वताउँदै आएको छ ।








































