गोरखा, ६ असोज २०७६ । गोरखाको भुम्लीचोकमा दशैको अबसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
गोरखाको गण्डकी गाउँपालिका वडा न ६ मा अवस्थित न्यु स्टार अफ भुम्लीचोक युथ क्लबले दशैको अवसर पारेर भव्यरुपमा सांस्कृतिक कार्यक्रम गर्ने भएको भएको हो ।
“मनको शुद्ध विचार अनि सामाजिक विकासको सङ्कल्प सहित, नयाँ पुस्ताको नयाँ पाइला” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गर्न लागेको क्लबका सचिव साजन श्रेष्ठले जानकारी दिनुभयो ।
सांस्कृतिक कार्यक्रमका साथै उक्त दिन क्लबको दोस्रो साधरण सभा समेत रहेको छ ।
उक्त कार्यक्रममा ख्याति प्राप्त तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति, लोक तथा दोहोरी गायक शितल गुरुङ, बिस्नु खतिवडा ,कल्पना गुरुङ लगायत अन्य स्थानीय कलाकारहरुको उपस्थिति रहनेछ । क्लबले हरेक वर्ष विविध सांस्कृतिक कार्यक्रमहरु गर्दै आएका छन् ।
कार्यक्रममा सहभागिहरुले आफ्नो प्रतिभा समेत प्रस्तृत गर्न पाउनेछन् ।








































