गोरखा, २०७६ साल असोज ४ गते शनिबार । “कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो उदेश्य” भन्ने मूल नाराका साथ “प्रथम सिरानचोक साँस्कृतिक तथा कृषि प्रदर्शनी मेला” २०७६ को आयोजना गरिएको छ ।
प्रथम सिरानचोक साँस्कृतिक तथा कृषि प्रदर्शनी मेला मूल आयोजक समिति र प्रगतिशील युवा क्लब, सिरानचोक गाउँपालिका-४ गोरखाको आयोजनामा, सिरानचोक गाउँपालिका, श्री स्वारा सघन गाउँ बिकास केन्द्र गोरखा, केयर नेपाल, दरौदी युवा क्लब, सक्रिय युवा क्लब, कमल ज्योति युवा क्लबको सहयोगमा उक्त मेलाको आयोजना गरिएको हो ।
कृषक दाजुभाइ, दिदीबहिनीलाई कृषि प्रदर्शनी मेलामा सहभागी हुन आब्हान गरिएको छ । मेलामा सुपथ मूल्यमा कृषिजन्य सामाग्री, घरेलु उत्पादन, फलफुल, कपडा, खशीबोका बिक्री वितरण गरिने छ । उक्त मेलामा उत्कृस्ट हुनु हुने कृषकलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
मेलामा परम्परागत घाटु नाच, भजन, चुट्का, पाउदुरे नाचका साथै ख्याति प्राप्त कलाकार पशुपति शर्मा, राधिका हमाल, विनिता गुरुङ, रामचन्द्र अर्याल, हरिराम परियार, सुजन गुरुङ, सागर गुरुङ लगायतको विभिन्न प्रस्तुतिका साथै हास्य कलाकारको बोजोड़ प्रस्तुति रहनेछ |
मेला यहि असोज १७ र १८ गते सिरानचोक गाउँपालिका-४ ब्राइट फ्युचर बोडिङ परिसर, चोरकाटे बजारमा हुनेछ ।








































