काठमाडौं, ३१ भाद्र २०७६ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न सात ‘स’ आवश्यक भएको बताएका छन् ।
प्रवक्ता शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहालले ‘परिवर्तन विरोधीको प्रतिकार गर्न’ गरेको आग्रहको प्रतिउत्तर स्वरुप उनले यस्तो बताएका हुन् । उनले प्रतिकार होइन परिमार्जनको संकल्प गर्नसमेत आग्रह गरेका छन् ।
सोमबार बेलुका ट्विट गर्दै प्रवक्ता शर्माले भनेका छन्, “प्रतिकारको अपिल होइन ‘राजनेता’हरुले परिमार्जनको संकल्प र नेतृत्व गर्नुपर्छ । संघर्षबाट प्राप्त परिवर्तन आवेग, उत्तेजना र प्रतिकारले होइन `सात स´ ले सबल बन्छ !”
सात ‘स’ मा संयम, संवाद, सृजनशिलता, सौहार्दता, समन्वय, सकारात्मक सन्देश र समृद्धिको गतिको रुपमा परिभाषित गरेका छन् ।








































