Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
१२:१५:१७ दिउँसो
- ADVERTISEMENT -

बिध्यमान समाजका मुद्दाहरुलाई पार्टीले एजेण्डा बनाउनु पर्छ : कांग्रेस नेता पौडेल

प्रकाशित मिति: २०७६ भदौ २९, आइतबार

1092
Shares

काठमाडौं, २९ भाद्र २०७६ । नेपालको राजनीतिमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको रुपमा उभिएको छ ।

चुनावी समीक्षा गर्ने, चुनावलाई जोडेर हेर्ने, संसदको गणितको आधारलाई मान्ने हो भने कांग्रेस बिनानै केन्द्रीय संसदमा, प्रदेश संसदहरुमा दुई तिहाई पुग्ने स्थिति छ ।

‘कांग्रेसको उपस्थितिको सन्दर्भमा गणितीय पक्षसँग जोडेर हेर्दा कमजोर छ । त्यस कारणले हामीले संगठनलाई चुस्तदुरुस्त बनाउन आवश्यक छ । अबको चुनावलाई मुख्य लक्ष्य बनाएर अगाडि बढ्न जरुरी छ ।’ नेता प्रदीप पौडेलले भन्नुभयो ।

समग्रमा अहिलेका राजनीतिक दलहरुले आफूलाई सच्याउनुपर्ने नेता पौडेलको भनाइ छ । आफ्ना एजेण्डाहरुलाई फेर्नुपर्ने बताउँदै नेता पौडेलले भन्नुभयो– ‘अहिले राजनीतिको सन्दर्भ नै फेरिएको छ । अहिले बहुदल ल्याउनका लागि, लोकतन्त्र ल्याउनका लागि संघर्ष गर्नुपर्ने अवस्था छैन ।

‘संसदीय व्यवस्थामा निर्वाचनमा प्रतिष्पर्धा गरेर जित्ने हैसियत निर्माण गर्न आवश्यक रहेको छ । हामीलाई संगठन निर्माण गर्ने अवसर प्राप्त भएको छ । हामी सरकारमापनि छैनौं । प्रदेश सरकारमा पनि छैनौं । सरकारमा बसेर समय दिनुपर्ने अवस्था पनि छैन । त्यसैते अहिले सम्पूर्ण समय संगठनलाई दिनुपर्छ । नयाँ शिराबाट कांग्रेस अगाडि बढ्नुपर्छ । कांग्रेस सच्चिएको सन्देश हामीले बाहिर दिन सक्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

हामीले टार्गेटनै समृद्धिलाई बनाएका छौं । समाजका मुद्दाहरुलाई लिएर पार्टीहरुले आफ्ना एजेण्डाहरु बनाउन जरुरी छ । त्यसैले हाम्रो प्राथमिकताहरु परिवर्तन गर्नुपर्छ ।कांग्रेस भन्ने पार्टी लोकतन्त्रका लागि मात्रै हो भनेर बुझिनु हुँदैन । लोकतन्त्रसहित कांग्रेस भन्ने पार्टी आर्थिक समृद्धिका लागि हो, मुलुकका बिकासका लागि हो, युवाको रोजगारीका निम्ति हो, भन्ने हिसाबबाट बुझिने अवस्था निर्माण गर्नुपर्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -