काठमाडौं, १७ भाद्र २०७६ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान काठमाडौ जिल्ला कार्यसमितिको आयोजनामा बिबिध सांस्कृतिक कार्यक्रम २०७६ सम्पन भएको छ ।
काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य पुर्व स्वास्थ मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा तिन नम्बर प्रदेश सभा सदस्य जीवन डंगोल, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खडकी, कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेर बिन्दु सिंखडा पुडासैनी, कामपा वडा नं ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोल, संस्थाका सल्हाकार माधब खनाल, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान केन्द्रिय सचिब गायिका राधिका हमाल, कलाकार श्रवण घिमिरे लगायत कलाकार,समाजसेबीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रमका बोल्दै प्रमुख अतिथी थापाले अहिलेको युगमा छोराछोरीलाई बराबर सम्मान गर्नु पर्नेमा अझै पनि कहि कतै छोरा र छोरीमा विभेद रहेको र यसलाई निर्मुल पार्न सबै लग्नु पर्ने बताए । उनले नेपाली कला र संस्कृतीमा निकै तागत रहेको र अझ निरंतरता दिन सबै कलाकारलाई आग्रह समेत गरे साथै नेपाली लोकदोहोरी संस्कृति मात्र नभै सम्पदा भएको बताउदै प्रमुख अतिथी थापाले सबैलाई तिजको शुभकामना समेत ब्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रदेश संसद जीवन डंगोलले तिज महिलाहरुको हकअधिकार उठाउने चाड भएको बताउदै उनले तिज हिन्दु नारीहरुको मात्र नभइ आम नारीको चाडका रुपमा मनाउनु पर्नेमा जोडदिनु भयो ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महिला शसत्तीकरण अझ समय सक्षेप्य बनाउन र महिला हकअधिकार अझ सुनिश्चित गर्न देशको कार्यकारीणी पद प्रधानमन्त्रीको पनि महिलाले पाउनु पर्ने बताइन।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेर बिन्दु सिंखडा पुडासैनी, कामपा वडा नं ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोल लगायतले नारीहरुको महान चाड हरितालिका तिजको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान केन्द्रिय सचिब गायिका राधिका हमाल लगायत एल्लो टाइगर मुभिज एन्ड इन्टरटेन्टमेन्ट प्रा लि का कलाकारहरुले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुति रहेको थियो ।
कार्यक्रमको सभाध्यक्षयता गर्दै राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान काठमाडौ जिल्ला कार्यसमितिकी अध्यक्ष मिना बज्राचार्यले निम्तालाई स्विकार गरेर कार्यक्रममा आएका प्रमुख अतिथि लगायत सम्पूर्ण आगन्तुक पाहुनाहरूलाई कार्य समितिको तर्फबाट आभार ब्यक्त गर्नु भयो । उहाले लोक तथा दोहोरी प्रतिष्ठानले लोक संस्कृतिको जगेर्ना गर्ने उदेश्यले कार्यक्रम गरेको र यस कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।








































