Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:०८ बिहान
- ADVERTISEMENT -

देउवा डडेल्धुरा काङ्ग्रेसका सभापति तथा प्रदेश सभा सदस्य कर्ण मल्लसँग भिड्दै

प्रकाशित मिति: २०७६ भदौ ११, बुधबार

1830
Shares

काठमाडौं, ११ भाद्र २०७६ । डा. शेखर कोइराला शेरबहादुर देउवासँग भिड्ने तयारी गरिरहँदा देउवा भने डडेल्धुरा काङ्ग्रेसका सभापति तथा प्रदेश सभा सदस्य कर्ण मल्लसँग भिड्दै छन् । देशभरिका युवामाझ लोकप्रिय कर्ण मल्ल डडेल्धुरा र सुदूरपश्चिमकै बलियो युवा नेता मानिन्छन् ।

शेरबहादुर देउवाले समेत संसद् र पार्टीको आन्तरिक निर्वाचन जित्नका लागि कर्णको सहयोग लिनुपर्ने अवस्था छ र, यसअघिका हरेक निर्वाचनमा उनले देउवालाई सघाउँदै आएका पनि हुन् । तथापि आगामी महाधिवेशनभन्दा पहिले नै कर्ण मल्ललाई पार्टीबाट पन्छाउने योजना आरजु राणाको सहयोगमा देउवाले बनाएका छन् ।

कर्ण मल्ललाई पार्टीबाट हटाउनुअघि जिल्लामा उनका सहयोगीहरूलाई पार्टीबाट निकाल्ने योजनाअनुसार नै शुरुमा जिल्ला महिला सङ्घको अध्यक्षबाट कमला विष्टलाई हटाइयो र विवाद बढ्दै गएपछि सङ्गठनको साधारण सदस्यबाट समेत तीन वर्षका लागि उनलाई निष्काशन गरिएको छ । डडेल्धुराको तरुण दल, नेविसङ्घ, किसान सङ्घ, शिक्षक सङ्घ र महिला सङ्घ कर्ण मल्लको पक्षमा उभिएकोले उनीहरूलाई पहिले आफ्नो पक्षमा आउन आग्रह गर्ने र नमानेपछि पदमुक्त गरिदिने रणनीतिक योजनाअनुसार जिल्ला सङ्गठनका प्रमुखहरूलाई बूढानीलकण्ठमा बोलाउँदै फकाउने र धम्क्याउने कार्य शुरु गरिएको छ । जनवर्गीय सङ्गठनलाई ध्वस्त बनाइदिएपछि कर्ण कमजोर बन्ने ठानिएकोले त्यसको प्रारम्भ महिला सङ्घबाट भएको हो ।

निर्वाचित सभापति कमला विष्टलाई विधानविपरीत पदमुक्त गरेर आरजुकी विश्वासपात्र कलावती बोहोरालाई उक्त जिम्मेवारी दिएपछि कलावतीले पार्टी कार्यालयको ढोका फुटाएर महिला सङ्घको नाममा बैठक राखेकी थिइन् । कार्यालय सचिव रामबहादुर विष्ट कार्यालय पुग्दा ढोका फुटाएर भित्र पसेको पाएपछि उनले कलावतीलाई किन ढोका फुटाएको भनी प्रश्न मात्र गर्दा उनीसँग भएका १०–१५ जना महिला विष्टमाथि जाइलागेका थिए ।

त्यसपछि विष्टले जिल्ला प्रहरी कार्यालयमा कलावती बोहोरा, सरस्वती खड्का र वसन्ती भण्डारीविरुद्ध उजुरी दिएका थिए । तर, उक्त उजुरीमाथि प्रहरीले कुनै कारबाही प्रक्रिया अघि बढाएन । त्यसको भोलिपल्ट आरजुको निर्देशनमा कलावतीले विष्टविरुद्ध आफूहरूलाई हातपात गरेको भन्ने उजुरी प्रहरीमा दर्ता गरिन् । कलावतीको उजुरीमाथिचाहिँ प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । निर्दोष विष्टलाई यतिबेला प्रहरीले गिरफ्तार गर्न खोजिरहेको छ ।

शेरबहादुर र आरजुले दिनहुँजस्तै सीडीओ र डीएसपीलाई टेलिफोन गरी दबाब दिने गरेको जानकारी जिप्रका सूत्रले घटना र विचारलाई दिएको छ । कमला विष्टले आफूमाथि भएको अन्यायको विषयलाई लिएर महिला सङ्घ र पार्टी कार्यालयमा निवेदन दिँदा कुनै सुनुवाइ भएको छैन । महिला सङ्घको बैठकमा केही नेतृहरूले यो विषयलाई उठाउँदा सभापति उमा रेग्मीले पछि छलफल गर्ने भनी पन्छाएकी छिन् ।

यसरी कर्ण मल्लमाथि देउवाको हमला शुरु हुँदा पनि पार्टीभित्र देउवालाई टक्कर दिन अग्रसर भएको बताउने नेताहरू किन मौन बसेका हुन्, सो भने अर्को रहस्य र जिज्ञाशाको विषय बनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -