जापान, ९ भाद्र २०७६ । नेपालमा नुवाकोट घर भई हाल जापान बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् ।
आत्महत्या गर्ने युवती जापानको राजधानी टोक्योस्थित कामतामा बस्दै आएकी थिईन । ति युवतीले आईतबार राती १० बजेतिर आत्मह*त्या गरेको भन्ने खबर प्राप्त भएको छ ।
हामीलाई प्राप्त भएको जानकारी अनुसार लक्ष्मी तामाङ नाम गरेकी ति युवती विद्यार्थी भिषामा जापान बस्दै आएको बुझिएको छ । उनी विवाहित भएको र उनका श्रीमान नेपालमा भएको जानकारी प्राप्त भएको छ ।
मृतक युवतीले किन आत्महत्या गरेकी हुन भन्ने कारण खुल्न नसकेको सोतले जनाएको छ ।
मृतक लक्ष्मी तामाङको नजिकका व्यक्तिहरुका अनुसार उनी पारिवारिक असमझदारीका कारण केही समययता मानसिक रुपमा तनावपुर्ण अवस्थामा थिईन भन्ने बुझिएको छ ।








































