Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३८:४८ बिहान
- ADVERTISEMENT -

अपाङ्गता मैत्री तालिम सामाग्री हस्तान्तरण

प्रकाशित मिति: २०७६ भदौ ७, शनिबार

1206
Shares

काठमाण्डौं, ७ भाद्र २०७६ । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक पुष्कर कार्कीलाई अपाङ्गतामैत्री तालिम पाठ्यक्रम सामाग्री हस्तान्तरण गरिएको छ ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारावदन सेँडाईले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका तालिममा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्नका लागि अनुरोध गरिएको पत्र पढेर सुनाउदै उक्त पत्रका साथ अपाङ्गता मैत्री तालिम पाठ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरुसँग वृहत छलफल गरी आवश्यक सल्लाह सुझाव अनुरुप अपाङ्गता मैत्री तालिम पाठ्यक्रम सामाग्री निर्माण गरिएको बताउनु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा.विरेन्द्रराज पोखरेलले अपाङ्गता मैत्री तालिम पाठ्यक्रममा समावेश गरिएका सामाग्रीहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका तालिमहरुमा समावेश गर्नको लागि आग्रह गर्नु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले यस्ता तालिमहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवाल समावेश गर्ने र अपाङ्गताको विषयमा जानकारी दिने कार्यक्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक पुष्कर कार्कीले नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले उपलब्ध गराएको अपाङ्गता मैत्री तालिम पाठ्यक्रम सामाग्रीमा समावेश गरिएका अपाङ्गता भएका व्यक्तिहरुका विषयलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रदान गर्ने तालिममा समावेश गर्ने बताउनु भयो ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले कार्यक्रमको सञ्चालन गर्ने क्रममा राष्ट्रिय न्यायिक प्रतिष्ठानका तत्कालिन कायम मुकायम कार्यकारी निर्देशक माननिय श्रीमान विनोद शर्माको संयोजकत्व, डि.एस.पि. प्रकाश मल्लको सह-संयोजकत्व तथा कानून विदहरु, अपाङ्गता अधिकारकर्मीहरु सहितको कार्यदल मार्फत अपाङ्गता मैत्री पाठ्य सामाग्री तालिम पाठ्यक्रम सामाग्री बनाइएको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -