Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:२२ बिहान
- ADVERTISEMENT -

गोरखामा ७ मेगावाटको चेपे ‘ए’ जलविद्युत आयोजना बन्ने

प्रकाशित मिति: २०७६ साउन ३२, शनिबार

744
Shares

गोरखा, ३२ साउन २०७६ । गोरखाको चेपे खोलामा ७ मेगावाटको ‘चेपे ए जलविद्युत आयोजना’ बन्ने भएको छ । नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिबीच ‘टेक अर पे’ को आधारमा गत फागुनमा विद्युत खरिद सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

आयोजनाको लागत एक अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ । ३० प्रतिशत स्वपुँजी रहनेछ भने ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना रहेको निर्माण कम्पनीले जनाएको छ ।  जल विद्युत् आयोजना लमजुङको दुधपोखरी र गोरखाको सिरानचोक गाउँपालिकामा बन्नेछ । आयोजनाको प्रारम्भिक वातावरण मूल्याँकनसमेत स्वीकृत भइसकेको छ ।

प्रतिमेगावाट करिव रु १८ करोड ५० लाख पर्न जाने उक्त आयोजनाले वार्षिक ४१.३७ गिगावाट विद्युत उत्पादन गर्नेछ । उत्पादित विद्युत् वर्षायामका ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र हिउँदका ६ महिना ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको हो ।

आयोजना सन् २०२२ सम्म सम्पन्न गर्ने निर्माण कम्पनी चम्पावती हाईड्रोपावरले लक्ष्य लिइएको छ । कम्पनीका अध्यक्ष डा.हरिराम पराजुलीका अनुसार प्राविधिक काम अगाडि बढेको छ । करिव क्यू–४१५ मा डिजाइन भएको चेपे ‘ए’आयोजना प्राविधिक रुपमा पनि राम्रो रहेको उनले बताए ।

प्राविधिक र आर्थिक दुबै रुपले चेपे ‘ए’आयोजना मोडल हाइड्रो पावरका रुपमा रहेको कम्पनीका एक डाइरेक्टर वरिष्ठ इन्जिनियर लक्ष्मण अर्यालले बताए । आयोजना सम्पन्न भएपछि उर्जामा आत्मनिर्भर बन्ने सरकारी लक्ष्य पुरा गर्न सहयोग पुग्ने ई। अर्यालले बताए ।

उक्त आयोजना पावर हाउस तथा बाध वाध्ने स्थलमा बाह्रै महिना चल्ने सडक पुगि सकेको छ । उक्त आयोजनाको पावर हाउस गोरखाको पाण्डेवेशी तथा लमजुङ्गको वोराङ्गखोला (वस चल्ने ठाँउ) बाट १ कि.मि. दूरीमा रहेको छ । सहज भौगोलिक तथा भौगर्भिक अवस्था र सडक सुविधाबाट नजिक रहेको आयोजना भएकोले निर्माण गर्न सजिलो हुने कुरा अर्का डाइरेक्टर वरिष्ठ इन्जिनियर रामेश्वर लामिछानले बताउछन् ।

चम्पावती हाईड्रोपावर कम्पनी प्रालिको तर्फबाट डा.हरिराम पराजुली, टुक प्रसाद न्यौपाने, तिलकराज भट्टराई, श्यामथापा, रामेश्वर लामिछाने,लक्ष्मण अर्याल लगायतको उर्जा क्षेत्रमा लामो अनुभव भएका इन्जिनियरहरुको टिमले यो आयोजना निर्माण गर्न लागेको हो । यो आयोजना चेपे (कुएले खोलाको दोभानमा बाँध बाधेर चिल्ली खोला दोभानको सिरानचोक(२) साविकथालाजुङ्ग) कुभिन्डे भन्ने ठाँउमा पावर हाउस निर्माण हुन्छ । उक्तआयोजनावाट निस्कने विद्युत ५ किमी टाढा रहेको चिप्पेटी सवस्टेशनमा लगेर जोडिनेछ ।

बैकल्पिक रुपमा आयोजनाहरुलाई मध्यनजर गर्दै राष्ट्रिय प्रशारण लाइन गोरखा जिल्लाको चेपेखोलामा बन्न लागेका विभिन्न हाइड्रोपावरका आयोजनाहरुलाई लक्षितगर्दै राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले ट्रान्समिसन लाइन जडान गर्ने तयारी गरेको छ । राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले गोरखा र लमजुङ जिल्लाका नदीखोलाबाट उत्पादनहुने विद्युतको सहज रुपमा प्रशारण गर्न सिरानचोक १, केरावारीको कोदोम्वारीमा १३२ किमी प्रसारण लाइन सवस्टेशन बनाएर ट्रान्समिसन लाइन जडान गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष डा पराजुलीले बताए ।

ग्रिड कम्पनीसँग छलफलमा छौ, छिटो टुंगो लगाएर चेपे तथा दरौदी लगायतका नदीका आयोजनाहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने पहलभइरहेको छ’, उनले भने, ‘यसले प्रशारण चुहावटसमेत घटाउने छ । उक्त सवस्टेशनवन्ने वितिकै चेपे तथा दरौदीका माथिल्लो भागमा रहेका नदीहरुको सवै जलविद्युत आयोजनाहरु बनाउन सहज हुने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -