Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४०:४२ बिहान
- ADVERTISEMENT -

आज गाईजात्रा मनाइँदै

प्रकाशित मिति: २०७६ साउन ३१, शुक्रबार

1023
Shares

काठमाडौँ, ३१ साउन २०७६ । भदौ कृष्ण प्रतिपदाका दिन शुक्रबार काठमाडौँ उपत्यकालगायत नेवार बाहुल्यता रहेको क्षेत्रमा देशभर सापारु भनी गाईजात्रा मनाइँदै छ ।

गाईजात्रा परम्पराको सुरुआत मल्लकालमा भएको मानिन्छ । यसले शोकमग्न बनेकी रानी अनन्तप्रियाको मन बहलाउन जति प्रयास गर्दा पनि नसकेपछि राजाले हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका हुन्छन् भन्ने देखाउन ‘गाईजात्रा’ आरम्भ गरेको इतिहास छ ।

ऐतिहासिक तथ्यका अनुसार काठमाडौँमा त्यतिबेला बाहुल्यता रहेको गाईपालक समुदाय (सालह्यु)लाई मानिस मरेका घरबाट गाई सिँगारेर दरबारमा ल्याउनू भनी अह्राइयो । झाँकी निस्किएको र त्यसले कालान्तरमा जात्राको स्वरूप लिएको इतिहासमा वर्णित छ ।

अचेल तेस्रोलिङ्गी समुदायले पनि यौनकुण्ठा, यौनचाह, खुलापन लगायतको हाउभाउ प्रदर्शन गर्दै गाईजात्रा बनाउन थालेका छन् । काठमाडौँको थने भनिने ठहिँटी र कोने भनिने कोहिटी क्षेत्र हुँदै तत्कालीन प्रताप मल्लको हनुमानढोका दरबार परिक्रमा गराउने गरिन्छ ।

विगतमा दिवङ्गत भएकाको आफन्तजनले यिनै जात्रामा सहभागीलाई ३६५ थरीका फलफूल, परिकार, मिठाई, दूधदही दान गरेर दिवङ्गत आफन्तको स्मृति गरिन्छ । पशुपति क्षेत्रमा यो दिन मृतकमध्ये ज्येष्ठको घरबाट गाईजात्राको झाँकीसहित लाखे नाचसमेत निकाल्ने प्रचलन रहेको सृजनशील युवा क्लबका सल्लाहकार रामकृष्ण डङ्गोल बताउनुहुन्छ ।

काठमाडौँबाहेक धनकुटा, नुवाकोट, बाग्लुङ, स्याङ्जा लगायतका नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा पनि योजात्रा मनाइँदै आएको छ । सिन्धुपाल्चोकको ऐँसेलुखर्कमा गाईजात्रा बुधबारदेखि नै सुरु भएको छ । प्रतिपदाका दिन भने जात्रामा सहभागीलाई घर आँगनमा आमन्त्रण गराउने चलन छ ।
एसेलुखर्कका जगतबहादुर नकर्मीका अनुसार डोकोमाथि डोको खप्टिएको अग्लो तायमचामा मृतकको तस्बिर राखेर झाँकी प्रस्तुत गर्दै जात्रा मनाइन्छ ।

भक्तपुरमा भने गाईजात्रा आठ दिनसम्म मनाइन्छ । जात्राको छुट्टै रौनक हुने गर्छ । गाईजात्राका दिन वर्षभरि मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात् डोकोलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गर्ने भक्तपुरका महाकाली नाचका मूलनाइके तुल्सीनारायण दण्डेख्याले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -