गोरखा, ३० साउन २०७६ । पालुङ्टार नगरपालिका वडा नं. ५ को जङ्गलबाट जुवा खेल्दै अवस्थामा आठ जना पक्राउ परेका छन् ।
गण्डकी प्रदेश प्रहरीको अनुसन्धान व्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएका टोलीले जङ्गलमा टेण्ट टाँगेर जुवा खेलिरहेको अबस्थामा जुवाडे पक्राउ गरी र उनीहरुको साथमा नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्य गोरखा, तनहूँ र लम्जुङका पेशेवार जुवाडे रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बिहिबार जुवा ऐनअन्तर्गत मुद्धा दर्ता गरिएको इन्स्पेक्टर चौधरीले जानकारी दिनुभयो ।
‘जङ्गलमा घुम्ति शिविर बनाएर जुवा खेल्छन् भन्ने सूचनाको आधारमा व्यूरो र हाम्रो संयुक्त टोलीले सर्च गर्दा जुवाडे पक्राउ परेका हुन्’, इप्रका ठाँटिपोखरीका प्रहरी निरीक्षक सीताप्रसाद चौधरीले भने, ‘उनीहरुको साथबाट तीनलाख ८७ हजार दुईसय ५० रुपैयाँ बराम गरेका छौं ।’








































