Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०८:३७ बिहान
- ADVERTISEMENT -

साउनको अन्तिम सोमबार देशभरका शिवालयमा श्रद्धालु भक्तजनको भीड

प्रकाशित मिति: २०७६ साउन २७, सोमबार

1473
Shares

काठमाडौं, २७ साउन २०७६ । आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ । .

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसैबीच चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।

साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् । यसैबीच, भगवान शिवका उपाशकहरुलेले साउन महिनाको बोलबम यात्रा पूरा गरेका छन् । साउने सोमबारका दिन स्वच्छ र सफा जलाशयबाट जल लगेर शिबलाई चढाउने प्रचलन अनुसारको बोलबम यात्रा निकालेका हुन् ।

शिवजीको प्यारो महिना साउन र बार सोमबार । यसैले होला शिव उपाशक भक्तजनहरु साउनको हरेक सोमबार बोलबम काबर यात्रा गर्ने गर्दछन् । काठमाडौंको शुन्दरीजलबाट पशुपतिनाथसम्मको बोल बमयात्रा विहान निकालिएको हो । शिब उपाशक भक्तजनहरुले गेरु वस्त्रमा खालि खुट्टाले पैदल यात्रा गर्दै, सफा र स्वच्छ जलाशयसम्म पुगी जल भरेर पशुपतिनाथको शिवलिंगमा चढाउने प्रचलन छ ।

हरेक बर्षको काँबर यात्रालाई सहजिकरण गर्दै आएको भोलेनाथ कावरिया संघले भक्तजनको भोलेनाथ प्रतिको आस्था, धार्मिक प्रचलन र पुरानो संस्कार बचाउन विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -