Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४१:१९ बिहान
- ADVERTISEMENT -

आगामी सेप्टेम्बर २८ र २९ तारिखमा दुई दिवसीय ‘नेपाली फेस्टिबल २०१९, गुम्बा जापान’ आयोजना हुदै

प्रकाशित मिति: २०७६ साउन २६, आइतबार

1344
Shares

जापान, २६ साउन २०७६ । आगामी सेप्टेम्बर २८ र २९ तारिखमा दुई दिवसीय ‘नेपाली फेस्टिबल २०१९, गुम्बा जापान’ आयोजना हुने भएको छ ।

नेपाली साझा समाज जापानको आयोजना तथा गुम्बाकेनको ओइजुमी माची (ओइजुमी नगर कार्याल) को सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

नेपाली कला संस्कृतिको प्रचारप्रसार गरी नेपालको पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नेपाली साझा समाजले जनाएको छ ।

लामो समय जापान बस्दा धेरै जापानी साथीभाइ भए, तर कैयन जापानी साथीलाई नेपाल र नेपालीको बारेमा कुनै जानकारी नभएका पाएँ । ती र त्यस्ता साथीहरुलाई नेपाल, नेपाली भाषा तथा कला संस्कृतिको बारेमा जानकारी गराउन फेस्टिबल उपयुक्त माध्यम हुने ठानेर आयोजना गर्न लागिएको नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धिबहादुर शेरचनले बताउनु भयो ।

दुई दिन सञ्चालन हुने फेस्टिभलमा नेपाली पर्यटनसँग सम्बन्धित विभिन्न जानकारी प्रदान गरिनुका साथै नेपाली खाना, संस्कृति, भेषभुषा, गरगहना, बाजागाजा र केही पुराना परम्परालाई प्रदर्शन गरिने छ । नेपाली तथा जापानी कलाकारहरुको सांगीतिक तथा साँस्कृतिक कार्यक्रम समेत प्रदर्शन हुने आयोजकले जनाएको छ ।

जापानका ठूला शहरहरुमा विभिन्न नेपाली कार्यक्रम आयोजना हुने गरे पनि गुम्बा केनमा भने यो पहिलो कार्यक्रम हुनेछ । यो कार्यक्रम जापानको सरकारी कार्यालय (स्थानीय निकाय) सहआयोजक भई आयोजना भएको पहिलो कार्यक्रम पनि हो ।यस कार्यक्रमले जापानी तथा जापानमा रहेका अन्य देशका नागरिकहरुलाई नेपालको बारेमा जानकारी गराउन सहयोग गर्ने छ ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि जापानमा रहेका विभिन्न संघसंस्था, उद्योगी व्यापारी तथा सम्पूर्णलाई सल्लाह, सुझाव, सहयोग र सहभागिताको आह्वान समेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -