काठमाडौँ, २४ साउन २०७६ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा दिनानुदिन धेरै तीजका भाकाहरु नेपाली संगीत बजारमा सार्वजनिक भइरहेका छन ।

तीज गीत सार्बजनिक हुने भिडमा अमित सापकोटाको तीजको कोसेली “बुट्टे सारी” सार्बजनिक गरिएको छ ।
गायक अमित सापकोटा र गायिका देबी धर्तीको सुमधुर आवाजमा गायक स्वयमको लय \ शब्द रहेको छ ।

अमित सापकोटाको निर्देशन, क्यामरामा गोबिन्द बिष्ट, साउण्ड मिक्सीड्ड कुमार रानाको, एरेन्ज यम थापा मगरको रहेको छ । रेकर्डिड्ड तथा भिडियो निर्माणमा मारुनीले साथ दिएको छ ।
भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।








































