Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२१:३४ बिहान
- ADVERTISEMENT -

नेकपा को दृष्टिकोण देखेर दया लागेको टिप्पणी : कांग्रेस प्रवक्ता

प्रकाशित मिति: २०७६ साउन २३, बिहीबार

919
Shares

काठमाडौं, २३ साउन २०७६ । नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दृष्टिकोण देखेर दया लागेको टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गरेर सत्तारुढ नेकपाले आफ्नो दललाई हेर्ने दृष्टिकोण देखेर दया लागेको टिप्पणी गरेका हुन् ।

सत्तारुढ नेकपाले कांग्रेसलाई जनताको मुख्य शत्रु करार गरेपछि प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् । “नेपाली कांग्रेस नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद विरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन,’ नेकपाको राजनीतिक दस्तावेजमा भनिएको छ ।

नेकपाको प्रतिवेदनबारे पार्टीको जारी बैठकबाट थप धारणा आउने भन्दै उनले नेकपाको कांग्रेसप्रतिको दृष्टिमा दोष रहेको बताए । “अहिलेलाई केवल यति टिप्पणी– त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन, बरु दृष्टिदोष प्रस्तुत छ,” प्रवक्ता शर्माले भने, “दृष्टिउपर दृष्टिकोण व्यक्त गर्न मिल्छ, दृष्टिदोषमाथि केवल दयामात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।”

नेपाली कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो ।

बल प्रयोगबाट सत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिष्ट पार्टीहरुलाई पनि कांग्रेसले सोही मान्यता र मार्गमा डोर्याउने प्रयत्न गर्दै आएको शर्माले स्मरण गराए । “यो मान्यताले प्रतिस्पर्धी शक्तिहरुलाई पनि सदैव मित्रशक्तिका रुपमा सद्व्यवहार गर्दै आएको छ । हामी विश्वस्त छौं, यो मान्यता बमोजिमको मानसिकता निर्माण गर्ने सामथ्र्य विकास गर्न सकेका दिन सत्तारुढ कम्युनिष्ट पार्टीको दृष्टिदोषको समाधान हुनेछ,” उनले भने ।

केन्द्रीय कार्यसमितिको जारी बैठकले पार्टीको घरेलु जीवनका सम्बन्धमा र राष्ट्रिय राजनीतिका ज्वलन्त मुद्दाहरुबारे आवश्यक महत्वपूर्ण निर्णयहरु गर्न लागेको उनले बताए ।

कांग्रेसले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘निजामति सेवाको गठन, सञ्चालन र संवादका शर्त’ सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ ले आधिकारिक ट्रेड यूनियनबाहेक अन्य कुनै पनि यूनियन वा निजामति कर्मचारीको समूहले आफ्ना हकहितका लागि मागसमेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरीत रहेको प्रष्ट्याएको छ ।

कांग्रेसले गोंगवु बसपार्कको प्रकरणप्रति गम्भीर ढंगले ध्यानाकर्षण भएको जनाउँदै तथ्यहरुको गहिरो अनुसन्धान गरेर आवश्यक कारवाही प्रकृया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आग्रह गरेको छ । कांग्रेसले सत्तारुढ नेकपालाई आफूले गरेको गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै तत्काल सरकारी जग्गाबाट पार्टी कार्यालय हटाउन सुझाएको छ ।

“ट्रेड यूनियनलाई व्यवस्थित र व्यवहारिक बनाउने विषयमा छलफल गर्न सकिन्छ । तर, तिनलाई घुमाउरो ढंगले प्रतिवन्धित नै गर्ने नियतसँग सम्झौता गर्न सकिन्न,” प्रवक्ता शर्माले भने, “नेपाली कांग्रेस मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सबै संस्था जो मुलुकको समृद्धिका लागि महत्वपूर्ण सहयात्री छन् र हुन सक्छन्, तिनलाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदमका विरुद्धमा छ र रहने छ ।”

“सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीतिनियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्छ,” प्रवक्ता शर्माले भने, “हामी आशा गर्छौं, यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -