काठमाडौँ, २१ साउन २०७६ । दिनानुदिन धेरै तीजका भाकाहरु नेपाली संगीत बजारमा सार्वजनिक भइरहेका छन ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु बजारमा सार्वजनिक हुने क्रम तिव्र छ । तीज गीत सार्बजनिक हुने भिडमा चर्चित लोक गायक बिमलराज क्षेत्रीको नयॉं तिजको कोसेली “राम्री बिछट्टै” सार्बजनिक गरिएको छ ।
चर्चित लोक गायक बिमलराज क्षेत्री र गायिका गीता चौहानको सुमधुर आवाजमा गायक स्वयमको लय \ शब्द रहेको छ ।
कुमार के सी को निर्देशन, क्यामरामा अजय रेग्मी, कोरिओग्रफ़ि प्रदिप ज्ञवाली, साउण्ड मिक्सीड्ड श्यामस्वेत रसाईलीको, एरेन्ज कृष्ण भान्जाको रहेको छ । रेकर्डिड्ड तथा भिडियो निर्माणमा प्रशान्तिले साथ दिएको छ ।
भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।








































