Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०१:१३ बिहान
- ADVERTISEMENT -

३३ किलो सुन प्रकरण : गोल्यान धरौटीमा छुट्ने, डीएसपी राउत थुनामा

प्रकाशित मिति: २०७६ साउन १७, शुक्रबार

792
Shares

काठमाडौं, १७ साउन २०७६ । सनम शाक्य हत्या प्रकरण र ३३ किलो सुनकाण्डमा सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्चले सो प्रकरणमा मुछिएका प्रहरी नायब उपरीक्षक डीएसपी सञ्जय राउतलाई थुनामै राख्न र महाविर गोल्यानलाई धरौटीमा छोड्ने फैसला गरेको छ ।

यस्तै, उच्च अदालत विराटनगरको आदेश सदर भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलाशले शुक्रबार यस्तो फैसला गरेको हो । गोल्यानसँग १० लाख धरौटी माग गरेको र अन्यको हकमा उच्च अदालतकै आदेश सदर भएको छ ।

के हो साढे ३३ किलो सुन प्रकरण ?

गत माघ ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएईबाट ३३ किलो अवैध सुन चुडामणि उप्रेतीको योजनामा नेपाल भित्रिएको थियो । विमानस्थलबाट बाहिरिएको सुन हराएपछि यसको रहस्य बाहिर आएको छ ।

आफ्नो सुन हराएपछि गोरेले आफ्ना पूर्व लेखा सहयोगी मोरङका सनम शाक्यले सुन लुकाएको आशंकामा यातना दिएर हत्या गर्न लगाएका थिए । त्यसको भिडियो नै सार्वजनिक भएको थियो । सरकारले यसको छानविनका लागि गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको थियो । समितिले सुनकाण्डको विस्तृत प्रतिवेदन सरकारलाई बुझाइसकेको भएपछि सार्वजनिक गरिएको छैन ।

समितिले ३३ किलो सुन प्रकरण र सनमको हत्या प्रकरणमा प्रहरी अधिकारी,गोरे लगायतका ३५ जनाभन्दा बढीविरुद्ध मुद्दा दायर गर्न सिफारीस गरेको थियो । सुन प्रकरणमा प्रहरीका अधिकारी पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, संजय राउत लगातयको गोरेसँग सम्बन्ध रहेको भन्दै प्रतिवादी बनाइएको थियो ।

मोरङ सरकारी वकिलको कार्यालयमार्फत् अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो । त्रिभुवन विमानस्थलबाट गत माघ ७ गते भित्रिएको भनिएको ३३ किलो सुन प्रकरणमै जोडिएर फागुन १८ मा मोरङका सनम शाक्यको हत्या भएको थियो । त्यसपछि प्रहरी हिरासतमै प्रेमनारायण चौधरीले आत्महत्या गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -