Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०२:३२ दिउँसो
- ADVERTISEMENT -

सरकारी दरमा सुमेरु अस्पतालले मिर्गाैला प्रत्यारोपण गर्ने

प्रकाशित मिति: २०७६ साउन १७, शुक्रबार

1084
Shares

काठमाडौँ, १७ साउन २०७६ । मिर्गाैला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको सुमेरु सामुदायिक अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मिर्गाैला प्रत्यारोपण गर्ने भएको छ ।

हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल, त्रिभूवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान, भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रसहित आठ अस्पतालमा मिर्गाैला प्रत्यारोपण हुने गर्दछ ।

साथै, सरकारले डायोलासिस सेवाका लागि रु एक लाख दिने गर्दछ । ग्रामीण तथा मध्यमवर्गीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विसं २०६९ देखि सञ्चालनमा आएको उक्त अस्पतालले गत असार ३१ गते पहिलोपटक मिर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत गोरखाका विकास गुरुङ र रामेछापका सुकरानी मोक्तानको मिर्गौला निःशुल्क प्रत्यारोपण भएको उक्त अस्पतालले जनाएको छ ।

अस्पतालका गतिविधिबारेमा जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सुमेरु ग्रुप एवं सुमेरु अस्पतालका अध्यक्ष भरत महर्जनले भन्नुभयो, “सरकारी शुल्कमा यस अस्पतालले मिर्गाैला प्रत्यारोपण गर्छ ।” मिर्गाैला रोग विशेषज्ञ प्रा डा ऋषिकुमार काफ्लेसहित प्रा डा ऋषिकुमार काफ्ले, डा वीरेन्द्र यादव, डा किरण श्रेष्ठ, डा राकेश बर्मा, डा डिभी कार्की, डा वेस अन्सारी, डा राजेन्द्रकुमार अग्रवाल, डा नवीन बस्नेत, डा वर्षा श्रेष्ठ, डा सन्तोष गुरुङ, डा सञ्जीव आचार्यसहित डा महालक्ष्मी देउजा र डा अनिल ओझा प्रत्यारोपण कार्यमा संलग्न हुनुहुन्छ ।

हाल अस्पतालले २५ हेमोडायलोसिस उपकरणबाट डायलोसिस गर्दै आएको छ । तीनसय श्यया क्षमताको अस्पतालमा १०० विशेषज्ञ चिकित्सक आबद्ध छन् । बल्ड ग्रुप म्याचिङ नहुने बिरामीको मिर्र्गाैला प्रत्यारोपणका लागि प्लाज्मा फेरोसिस उपकरण जडान र सुविधा सम्पन्न एचएलए ल्याब टेष्ट सुविधा निकट भविष्यमा सञ्चालन गर्न लागेको उक्त अस्पतालले अन्तरराष्ट्रियस्तरको सुविधा सम्पन्न २०० श्ययाको मिर्गाैला अस्पतालका साथै सबै प्रदेशमा मिर्गौला रोगसम्बन्धी सेवा केन्द्र स्थापना गर्ने योजनामा रहेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले मिर्गाैला प्रत्यारोपण तथा अन्य सेवा विस्तारका सम्बन्धमा सकारकारको सहयोग रहने जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -