Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:०६ बिहान
- ADVERTISEMENT -

केन्द्रीय प्रसारणमा थपियो २२ मेगावाट

प्रकाशित मिति: २०७६ साउन १६, बिहीबार

976
Shares

फिदिम, १६ साउन २०७६ । पाँचथरको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावट विद्युत् उत्पादन सुरु भएको छ । साउन ४ बाट परीक्षण उत्पादन भइरहेको विद्युत् अहिले केन्द्रीय प्रशारण लाइनमा धमाधम प्रवाह भइरेको छ ।

यो आयोजना निर्माण सम्पन्न भएर आम्दानी गर्ने अवस्थामा पुग्दा आफूहरू हर्षित भएको आयोजना निर्देशक दीपेन्द्र आङ्बोले बताउनुभयो । परीक्षणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने छ ।

फिदिमस्थित थापाटारको कावेली कोरिडोर सबस्टेसनबाट तल्लो हेवाको विद्युत् केन्द्रमा पठाउन थलिएको हो । यस आयोजनाबाट जेठ र मङ्सिर बीचको ६ महिनासम्म २२.३४ मेगावाट विद्युत् उत्पादन हुने सिनियर इलेक्ट्रिकल इन्जिनियर नामेश्वर यादवले बताउनुभयो । उहाँका अनुसार खोलाको पानी घट्ने सिजन मङ्सिर–वैशाखको ६ महिना बीचमा १० देखि १२ मोसम्म उत्पादन हुनेछ । यहाँका हेवा र फेमे दुई खोलाको पानी जोडेर तल्लो हेवा जलविद्युत् आयोजना निर्माण भएको हो ।

अहिले तल्लो हेवाबाट २४ मेगावाटसम्म उत्पादन गर्नसकिने पानी उपलब्ध रहेको इन्जिनियर नामेश्वरले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) सँगको सम्झौतामा बाँधिएर २२.३४ मेगावाट मात्र निकालिरहेको उहाँले सुनाउनुभयो । यहाँबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट विद्युत्बाट २२ लाख रुपियाँसम्म आम्दानी हुने जनाइएको छ । हाइड्रोपावर कम्पनीबाट नेविप्राले प्रतियुनिट वर्षायामको चार रुपियाँ ८० पैसा र सुक्खायामको आठ रुपियाँ ४० पैसामा विद्युत् किन्ने जनाइएको छ ।

तल्लो हेवा आयोजना माउन्टेन हाइड्रोपावर लिमिटेडले बनाएको हो । विभिन्न व्यवधानका कारण तल्लो हेवाको काम ढिलो सम्पन्न भएको हो । यसको पाँच हजार ३०० मिटर सुरुङ र ६०० मिटर पेनस्टक बनाइएको छ ।

हेवातिरको इन्टेक फिदिम नगरपालिका ११, नागिन सेजेपा र हिलिहाङ गाउँपालिका ७, भारापाको सीमामा बनेको छ । पावर हाउस फिदिम ४ को सारान्थामा छ । तीन अर्ब ६६ करोडमा सक्ने गरी बनाउन थालिएको तल्लो हेवाको लागत ७० करोड बढेको जनाइएको छ । नाकाबन्दी, भूकम्प, आन्तरिक विवादले बीचबीचमा काम रोकिँदा लागत बढेको आयोजना प्रमुख गणेश सुब्बाले बताउनुभयो । बैङ्क ऋणको ब्याजले लागत बढाएको उहाँको भनाइ छ ।

२०७४ असारमा सक्ने सम्झौतामा २०७० मङ्सिरदेखि तल्लो हेवाको निर्माण थालिएको थियो । यो आयोजना निर्माणमा १२ वटा राष्ट्रिय वाणिज्य बैङ्कको ७० प्रतिशत लगानी रहेको छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -