गोरखा, १५ साउन २०७६ । बुधबार बिहान गोरखाकी एक बालिकाले पासो लगाएर आत्महत्या गरेकी छन् ।
शहीद लखन गाउँपालिका–७ मकैपुरकी १२ वर्षीया प्रशान्ता श्रेष्ठले बिहान साँढे सात बजे धुरीको बलोमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आमा पानी भर्न धारामा गएका बेला झुण्डेकी प्रशान्तालाई देख्ने बित्तिकै उनकी १० वर्षीया बहिनीले डोरी काटेको तर त्यतिबेला सम्म उनको मृत्यु भइसकेको स्थानीय पृथ्वीनारायण श्रेष्ठले जानकारी दिनु भयो ।
उनी न्यूहोराइजन बोर्डिङस्कूलमा कक्षा पाँचमा अध्ययनरत थिइन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बुंकोटबाट प्रहरी पुगिसकेको एसपी ओम अधिकारीले जानकारी दिनु भयो ।









































