Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:३२ बिहान
- ADVERTISEMENT -

नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने १५ वटा नयाँ पुल ‘डिजाइन एन्ड बिल्ड’ मोडलमै अघि बढ्ने

प्रकाशित मिति: २०७६ साउन १०, शुक्रबार

1125
Shares

चितवन, १० साउन २०७६ । निर्माण सकिएको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने १५ वटा नयाँ पुल ‘डिजाइन एन्ड बिल्ड’ मोडलमै अघि बढ्ने भएको छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले साँघुरो पुलका कारण समस्या उत्पन्न भएको ठहर गर्दै वातावरणीय अध्ययन नगरी ठेक्कामा जान सडक विभागलाई स्वीकृति दिएको हो ।

खरिद नियमावलीको छैठौं संशोधनले वातावरणीय अध्ययन लगायत प्रक्रिया पुरा नगरी ठेक्कामा जान रोक लगाएको छ । तर, छिटो निर्माणका लागि भन्दै ‘डिजाइन एन्ड बिल्ड’मा जान लागेको विभागलाई वातावरणीय अध्ययन गरेर मात्र ठेक्का लगाउनु पर्ने खरिद नियमावलीको व्यवस्थाले अप्ठ्यरो भएको थियो ।

मन्त्रिपरिषद बैठकले वातावरणीय अध्ययन, डिजाइन र निर्माण ठेक्कबाट गर्न अनुमति दिएको छ । सो सडकखण्डमा पर्ने १८ पुल मध्ये चार वटा पुल निर्माणको चरणमा छन् । सडक विभागको पुल महाशाखाका बरिष्ठ इन्जिनियर नरेशमान शाक्यका अनुसार मन्त्रिपरिषदको स्वीकृतिपछि तत्कालै पुलहरुको ठेक्का गर्न खुलेको छ ।

अब ठेकेदारहरुले वातावरणीय प्रभावको अध्ययनसहित पुलको डिजाइन गर्दै निर्माणको काम अघि बढाउनेछन् । १५ वटा नै पुल नेपाल सरकारकै लगानीमा बन्नेछन् । तर, पुल निर्माण सकिएपछि विश्व वैंकको प्रोगाम फर रिजल्ट (पीफरआर) कार्यक्रम अन्रतरगत पुल निर्माणको रकम लिने गरी सम्झौताको तयारी भइरहेको छ । सबै पुल निर्माणमा एक अर्बको हाराहारी खर्च लाग्ने अनुमान छ ।

नारायणगढ मुग्लिन सडकखण्डका पुराना १४ मध्ये तीनवटा पुल निर्माण गर्न कठिन र जटिल भूगोल छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो खहरे पुल, दुई नम्वर किसिन्जी पुल, तीन नम्बरको तुइनखोला पुल सबैभन्दा कठिन ठाँउमा छन् । विभागले सडकलाई सीधा गरेर बाटो सच्याउने गरी गाईघाटमा एउटा नयाँ पुल पनि बनाउने योजना तयार गरेको छ ।

सडक विस्तार गरी ९ मिटरदेखि ११ मिटर बनाइए पनि यो सडकखण्डमा पर्ने पुल साना र जीर्ण छन् । पुल सानो हुँदा दुर्घटना नहोस् भनेर पुलको दुवैं तर्फ ‘रम्बल स्ट्रीप’ राखिएको छ । यसलाई यात्रु र चालकहरूले त्यति रुचाएका छैनन् ।

सडक बराबर चौंडा पुल बनेपछि मात्र सवारी साधन आवागमनमा सहजता आउने छ । राजधानी काठमाडौं र पोखराको लाइफ लाइन मानिने यो सडकखण्डमा दैनिक करिब १० हजार सवारी आवतजावत गर्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -