Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:१२ बिहान
- ADVERTISEMENT -

साउनको पहिलो सोमबार शिवालयमा पूजाअर्चना हुँदै

प्रकाशित मिति: २०७६ साउन ६, सोमबार

777
Shares

काठमाडौँ, ६ साउन २०७६ । भगवान् शिवको प्रिय महिना साउन र प्रिय बार सोमबार मानिन्छ । यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ ।

मुलुकभरका शिवालयमा साउन ६ गते पहिलो सोमबार परेको छ । यो महिना र दिन शिवको स्तुति मानव तथा चराचर जगत्का लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रहिआएको छ ।

आराध्यदेव पशुपतिनाथ, महोत्तरीको जलेश्वर, दोलखाको भीमेश्वर, पर्साको पारसनाथ, पनौतीको भालेश्वर, डडेल्धुराको भाग्येश्वर, सप्तरीको भजनेश्वर, कैलालीको बेडाबाबा र रुपन्देहीको मनौरी महादेवलगायतका शिवालयमा साउन महिनाभर नै महादेवको विशेष उपासना गर्न श्रद्धाजुहरूको ठूलो भीड लाग्छ ।

साउने सोमबारका दिन सबैभन्दा बढी श्रद्धालु आउने पशुपतिनाथमा नै हो । यो दिनका लागि विशेष तयारी गरेको पशुपति विकास कोषले जनाएको छ । कोषका अनुसार सोमबार बिहान ३ः३० मा नै दर्शनार्थीका लागि मन्दिरको ढोका खुला गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार भक्तजनको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । रुद्रगाडेश्वर वासुकीतर्फ, भुवनेश्वरी भएर दक्षिणढोकातर्फ र पूर्वी ढोकाबाट भक्तजनले मन्दिर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीले जानकारी दिनुभयो ।

भक्तजनलाई चन्दन तथा पञ्चामृतसमेत प्रदान गर्ने व्यवस्था योपल्ट गरिएको छ । बोलबम तीर्थयात्रीको आगमन भने साउन महिनाको अन्तिम दुई सोमबारका लागि तय भएको छ । ओम बोलबम काँवरिया सङ्घका अध्यक्ष सुनिल ठाकुर (बारा)का अनुसार उडिसास्थित वैद्यनाथ धामबाट योपल्ट धेरै बोलबम यात्री यहाँ आउँदैछन् । बोलबम यात्रा व्यवस्थापनका लागि उपत्यकामा रहेका यात्रा आयोजक संस्थाबीच विमर्श भइरहेको छ । ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर महादेवमा पहिलो सोमबार नै बोलबम यात्रीको प्रवेश हुँदै छ ।

सिद्धरस तीर्थको जललाई कलशमा ल्याएर यहाँ यो यात्रा हुने गरेको छ । भृङ्गारेश्वर महादेव क्षेत्र सुधार समितिका अध्यक्ष रामचन्द्र महर्जनका अनुसार सुनाकोठीका सबै यो यात्रामा सहभागी हुँदै छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -