Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५१:४६ बिहान
- ADVERTISEMENT -

नेकपाकाे बैठक सकियाे, ७७ वटै जिल्ला र ६ महानगर इन्चार्जकाे टु‌ंगाे

प्रकाशित मिति: २०७६ साउन ५, आइतबार

906
Shares

काठमाण्डौँ, ५ साउन २०७६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार बैठकले ७७ ओटा जिल्ला कमिटी र जिल्ला कमिटी सरहकै ६ ओटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको हो ।

बैठकले बिभाग, केन्द्रीय निकायको बिषयमा भने पर्सि बस्ने सचिवालय बैठकबाट निर्णय लिने सहमति गरेको छ । ‘पर्सि पार्टी कार्यालय धुम्बाराहीमा अर्काे बैठक बसेर बाँकी निर्णय लिइने छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । यसअघि आज साँगठानिक एकताको सवै काम टुंग्याउने घोषणा नेकपाले गरेको थियो । तर पसिएसम्म सारिएको छ । तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको १४ महिनापछि नेकपाले आज एकताको बाँकी काम टुंगो लगाउने घोषणासहित बैठक बोलाएको थियो । नेकपामा लामो समयसम्म सहमति जुटन नसक्द्या केन्द्रीय सदस्यको कार्य्बिभाजन, जिल्ला इञ्चार्ज, सहइञ्चार्जको टुंगो लाग्न सकेको थिएन । आज भने इञ्चार्जको टुंगो लागेको हो ।

गत जेठ ३ गते नै जनसंगठनको संयोजक–सहसंयोजकसहित केन्द्रीय समितिको आकार र नाम तय भएपनि अहिलेम्सम्म अन्तर पार्टी निर्देशन नआउँदा बामदेव गौतम संयोजक रहेको किसान महासंघबाहेक अन्य संगठनको काम अघि बढेको छैन ।

लामो समयसम्म एकताले पुर्णता नपाउँदा नेता कार्यकर्ता नै निराश बनेपछि अन्तिम टुंगो लगाउने गरी अध्यक्षद्ववय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले सहमति गरी आजको बैठक बोलाउनु भएको हो । आजको बैठकमा यही एजेण्डा राखिएको थियो ।

बैठकअघि सचिवालयमा रहेका पूर्वएमाले र पूर्वमाओवादी नेताहरुको छुट्टाछुट्टै बैठक बसेको छ ।अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच कार्य्बिभाजनमा सहमति भएसँगै दुवै पूर्वपार्टीका नेताहरु आफ्नो भागमा परेको बिभागको नेतृत्वदेखि केन्द्रीय सदस्यको कार्य्बिभाजनसम्म टुंगो लगाउने गृहकार्यमा जुटेका हुन ।

बैठकअघि पूर्वएमाले नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेर सहमति जुटाएको छ भने पूर्वमाओवादी नेताहरुको बैठक प्रचण्ड निवास खुमलटारमा बसेको छ । नेकपाको सचिवालयमा पूर्वएमालेका ६ र पूर्वमाओवादीका तीन नेता हुनुहुन्छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ६ जना नेताको बैठक गरी कार्यबिभाजनलाई सर्वसम्मत बनाउने सहमति जुटाउनु भएको छ । जसअनुसार बरिष्ठ नेता माधवकुमार नेपाललाई बिदेश बिभाग, झलनाथ खनाललाई नीति अध्ययन प्रतिष्ठान बिभाग, सचिवालय सदस्य बामदेव गौतमलाई संगठन बिभाग र उपप्रधानमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य इश्वर पोखरेललाई पार्टी स्कूल बिभागको नेतृत्व लिने समति जुटेको छ । तर स्कूल बिभागमा प्रवक्तासमेत रहनुभएका पूर्वमाओवादी नेता नारायणकाजी श्रेष्ठले समेत दावी गरेपछि आजको सचिवालयमा छलफल भएपनि निर्णय भएन ।

पूर्वएमाले नेताहरुको बैठकले पोखरेललाई सो बिभाग प्रमुख बनाउने सहमतिसहित बैठकमा एकजुट भएर प्रस्तुत हुने सहमति बनेको छ । ‘अध्यक्ष ओलीले गराउनु भएको सहमतिमा सवै एक हुनुहुन्छ, पोखरेललाई स्कूल बिभागको नेतृत्व लिने कुरामा सवैको एकमत छ,’ बैठकपछि एक नेताले भने । पूर्वएमाले नेताहरुले आफूहरुबीच मतभेद देखिँदा पूर्वमाओवादी हावी भएको बिषयमा समेत गम्भीर छलफल गरेको ती नेताले जानकारी दिए ।

उता अर्का अध्यक्ष प्रचण्डले पनि आजै सचिवालयमा रहनुभएका नेताहरु रामबहादुर थापा र नारायणकाजी श्रेष्ठसहित पूर्वपार्टीका पदाधिकारीको बैठक गर्नुभएको छ । सो बैठकमा प्रचण्डले अध्यक्ष ओलीसँग भएको सहमति राख्दै आजको बैठकबाट कसरी सहमति जुटाउने भन्ने सुझाव माग्नुभएको थियो । बैठकमा पूर्वमाओवादी नेताहरुले पार्टी एकता भएपछि पूर्वएमाले हावी भएको गुनासो गरेको एक नेताले जनताटाइम्स डटकमलाई बताए ।

नेकपा सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले एकताको बाँकी काम टुंग्याउने घोषणा यसअघि नै भइसकेको छ ।

नेकपामा अहिलेसम्म जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदको निर्णय हुन बाँकी छ । नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा लिने सहमति भइसकेको छ ।

बरिष्ठ नेता झलनाथ खनालले निती प्रतिष्ठानको नेतृत्व पाउनु भएको हो । पर्सिको बैठकबाट एकता टुंगो लाग्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -