काठमाडौँ, ५ साउन २०७६ । देशबाट टाढा रहेर पनि ब्यस्त समय छिचोल्दै पुन “बेलाउती” नामक तिज गीत सहित बजारमा आए लोक गाएक खेम राज पौडेल । बिष्णु न्यौपानेको लय /शब्द मा रहेको उक्त गीतमा स्वर खेम राज र सुनिता सुनार को रहेको छ ।
चर्चित मोडलद्वय गीता राई र सगुन श्रेष्ठ अबिनित रहेको हुनाले निकै हेर्न लाएक बनेको छ ।
सुमित लामा र बसन्त लामाको निर्देशन रहेको छ । बिष्णु सेवाले छायांकन गरिएको उक्त भिडियो चितवनको चोक बजार स्थित रोयल बेंकेट पार्टी प्यालेसमा छायांकन गरिएको थियो ।
एक जमना म्युजिक भिडियो तर्फ बलियो खम्बाको रुपमा आफुलाई स्थापित गराइसकेका झन्डै पाच सात सय मुजिक भिडियोमा अभिनय गरी सकेकी चर्चित मोडल गीता राई अझै पनि आफुमा म्युजिक भिडियोप्रति समर्पित भइ आम दर्शक माझ पुगी रहन सक्ने जोस जाँगर रहेको बताउछिन ।
हजार बाह्रसय भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय तथा तीन चार सय म्युजिक भिडियोको निर्देशान गरी सकेका चर्चित मोडल सगुन श्रेष्ठको पनि उस्तै जोस जाँगर रहेको बताउछन ।
गीता राइले अभिनय गरेका तिते करेलीले, झिम झिम सानु, पछेउरी लेउ बैना, निस्ठुरी मायालु, जस्ता दर्जनौ गीतहरु सुप्पर हिट भएका थिए भने सगुन श्रेष्ठद्वारा अभिनित, छम छम पाउजुले, डाँडै काटी जाउ बरु निर्माया, यो मोबाइल फोनले, स्याङजालीलाइ नभन झाली, बोले हुन्छ बरु मुख खोलेर, साइनो लाइदेउन, बोले हुन्नर, सिलाइदिउला भोटो, जाम त भने बनको बाटो, हिमाल राम्रो हिउले जस्ता दर्जनौ गीतहरु सुप्पर हिट भएका थिए ।
मोडलद्वय भन्छन, अब हामी पुन आफ्नो कर्मलाई निरन्तर्ता दिई दर्शक सामु आइरहने बताउछन ।








































