Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४४:१४ बिहान
- ADVERTISEMENT -

नेपालमै पहिलोपटक नारायणी नदिमा रिभर क्रुज शिप (पानी जहाज) दशैअघि संचालनमा आउने

प्रकाशित मिति: २०७६ साउन ४, शनिबार

1073
Shares

चितवन ४ साउन २०७६ । नेपालमै पहिलोपटक नारायणी नदिमा निर्माण र संचालन हुन लागेको रिभर क्रुज शिप (पानी जहाज) दशैअघि संचालनमा आउने भएको छ ।

रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी दुई महिनामा निर्माण सम्पन्न हुने जानकारी दिएको हो ।

भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थित ज्ञानेश्वर सामुदायीक बनको काभ्रेघाट बगरमा क्रुज निर्माण भइरहेको छ । करिव ३५ करोडको लागतमा निर्माण भइरहेको क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुने प्रवन्ध निर्देशक रामचन्द्र कंडेलले जानकारी दिनुभयो । ‘क्रुज शिप संचालन पश्चात नेपालको जल यातायातको सम्भाव्यतामा प्राबिधिक आधार तयार हुनेछ,कंडेलले भन्नुभयो’,तीन सिफ्टमा क्रुज संचालनको तयारी गरेका छौं ।’ बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहानेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपरान्ह खाना नै क्रुजमा खाँदै रमाउन चाहानेका लागी लन्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुनेछ ।

प्रत्येक क्रुजिङ्ग करिब ३ घण्टाको हुनेछ । काभ्रेघाटदेखि सुरु यात्रा देबघाट पुगेर गोलाघाटसम्म लैजाने गरी संचालनको तयारी भएको कंडेलले बताउनुभयो । एक पटकमा २ सय जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज २ तल्ला, १ सय फिट लम्बाइ र २५ फिट चौडाइएको हुनेछ । रिभर क्रुजले नारायणी किनारलाई संधै चलायमान गराउने निर्माण कम्पनीको दाबी छ ।

क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानिका साथ क्रुज निर्माण र पुर्ब तयारी गरिरहेको कंडेलले बताउनुभयो । ‘क्रुज सिपको संचालनका लागी आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई बिदेशी हुनेछन्,उहाँले भन्नुभयो’,दिर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागी आवश्यक तालिम केन्द्र संचालन गर्ने योजनामा छौं ।’

क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीहरुको अध्ययन र वातावरणिय प्रभाव मुल्यांकन पश्चात नर्वेजियन प्रबिधिको प्रयोगबाट भारतीय प्राबिधिकहरुको सहयोगमा नारायणी नदि किनारमै निर्माण भइरहेको छ । निर्माणको जिम्मा लिएको भारतिय कम्पनी ग्रान्डडुअरले लामो समयदेखि भारत, मलेसिया, श्रीलंका, दुबई, सिंगापुर लगाएतका देशमा सफलतापूर्वक काम गरिसकेको छ ।

नेपालले सन् २०२० पर्यटन बर्ष मनाउने तयारी गरिरहेका बेला रिभर क्रुज जहाजले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -