Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
५:४३:३० बिहान
- ADVERTISEMENT -

बालुवाटारमा पूर्व एमालेको बैठक

प्रकाशित मिति: २०७६ साउन ३, शुक्रबार

852
Shares

काठमाडौं, ३ साउन २०७६ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वएमालेको बैठक बसेको छ । विभागको नेतृत्वको गृहकार्यका लागि बिहीबार राति बैठक बसेको र केही विषयमा समझदारी जुटेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । उहाले के कुरामा सहमति जुट्यो भन्ने खुलासा भने गर्नु भएन । “केही गृहकार्य भएको छ, पाँच गते घोषणा गर्छौं,” उहाले भन्नुभयो ।

स्रोतका अनुसार पार्टीको विदेश विभाग प्रमुख वरिष्ठ नेता माधव नेपाललाई बनाउने सहमति भएको छ । यसअघि नेता नेपाल साविक पार्टीको विदेश मामला विभाग प्रमुख नै थिए ।

संगठन विभाग प्रमुख किसान महासंघका अध्यक्षसमेत रहेका वामदेव गौतमलाई बनाउने तयारी छ । एमालेमा उक्त विभाग पृथ्वीसुब्बा गुरुङले सम्हालेका थिए ।

गौतम बर्दिया–१ मा चुनाव हारेपछि जिम्मेवारीविहीन छन् । पार्टीभित्रको शक्ति सन्तुलनका लागि नेता गौतमलाई नै संगठन विभाग दिनुपर्ने अडानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ, माधव नेपाल थिए । ओली पक्षले भने ईश्वर पोखरेललाई बनाउन चाहेको थियो ।

त्यस्तै, खनाल अर्थ तथा योजना विभाग र ईश्वर पोखरेल स्कुल विभाग प्रमुख हुनेबारेमा छलफल भएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले पनि नेकपाका नेताहरूबीच छलफल जारी छ । एकता प्रक्रिया थप लम्बिन नदिने र पाँच गते टुंग्याउने गरी नेताहरूले गृहकार्य गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -