काठमाडौं, १ साउन २०७६ । चतुर्मासको पहिलो महिना श्रावणलाई भगवान शिवको आराधनाको महिनाको रुपमा लिइन्छ । यस महिनामा भक्तजन आफ्ना प्रिय भोलेनाथको विभिन्न प्रकारले पूजा आजा गरि शिवलाई प्रसन्न बनाएर आर्शिवाद लिने गर्दछन् ।
पवित्र श्रावण महिना आजदेखि प्रारम्भ भएको छ । रक्षाबन्धनसँग श्रावण महिना समापन हुनेछ ।
श्रावण महिनामा चार सोमबार, तीन बार सर्वार्थसिद्धि योग, पाँच बार रवियोग र एक बार अमृतसिद्धि योग छ । यसका साथै १६ गते (एक अगस्ट)मा गुरु–पुष्यको शुभ संयोग परेको छ ।
श्रावणको प्रमुख व्रत-पर्व, योग
१ गते वण प्रारम्भ
२ गते अशून्यशयन व्रत
३ गते पञ्चक प्रारंभ
४ गते संकट चतुर्थी व्रत
५ गते शुक्रास्त पूर्वमा
५ गते श्री महाकालेश्वर सवारी
६ गते शुक्र कर्कट राशिमा, सर्वार्थसिद्धि योग
७ गते रवियोग, पञ्चक समाप्त
के गर्ने श्रावणमा ?
श्रावण महिना भगवान शिवको आराधना गर्ने महिना हो ।
यस महिनामा केही दुवै समय (बिहान/बेलुका) को ब्रत राख्छन् भने कोहीले एक समयको व्रत राख्छन् ।
जो पूरा महिना व्रत बस्न सक्दैन उसले कमसे कम प्रत्येक सोमबार व्रत राख्नुपर्छ भन्ने मान्यता छ ।
यस महिनामा भगवान शिवको विभिन्न पदार्थबाट अभिषेक, पूजाआजा गर्नुको निकै ठूलो महत्व छ ।
प्रत्येक दिन शिवलिंगमा जल चढाउँदा राम्रो फल मिल्छ भन्ने धार्मिक विश्वास छ ।
यस महिनामा कपाल, दाह्री काट्न हुँदैन भन्ने मान्यता छ ।
यस महिनामा शिवजीलाई बेलपत्र, धतूरो अनिवार्य अर्पित गर्नुपर्छ ।
यस महिनामा मासु, मदिरा, नशालु पदार्थको सेवन बिर्सिएर पनि गर्नु हुँदैन भन्ने धार्मिक मान्यता छ ।
श्रावण महिनामा युवतीहरुले हरियो चुरा साथमा मेहेन्दी लगाउने प्रचलन छ ।









































