काठमाडौँ, ३० असार २०७६ । बाढीका कारण विस्थापित भएकाहरुका लागि नेपाल विद्यार्थी संघले राहत संकलन सुरु गरेको छ ।
नेविसंघले सोमबारबाट राहत संकलन सुरु गरेको हो ।
रौतहट लगायत मुलुकका विभिन्न क्षेत्रमा बाढीका कारण विस्थापित भएकाहरुलाई सहयोग गर्ने हेतुले राहत संकलन गरिएको नेविसंघका नेता सिजर भट्टले जानकारी दिए । नेविसंघले तीनदिनसम्म जिन्सी तथा नगद संकलन गर्ने जनाएको छ ।
सोमबार राजधानीको न्युरोड,वसन्तपुर,भोटाहिटी,कोटेश्वर लगायतका क्षेत्रबाट करिब ५० हजार बराबरको जिन्सी तथा नगद संकलन भएको नेविसंघले जनाएको छ ।








































