Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०८:५६ बिहान
- ADVERTISEMENT -

क्रियाशील सदस्यले दैनिक एक रुपैयाँ बुझाउनुपर्ने

प्रकाशित मिति: २०७६ असार २७, शुक्रबार

807
Shares

काठमाडौं । ‘मासबेस्ड’ पार्टीका रुपमा परिचित नेपाली कांग्रेसले पार्टीको संरचना कार्यकर्तामा आधारित अर्थात् ‘क्याडरबेस्ड’ हुने गरी नियमावली तयार पारेको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा पेस गरिएको नियमावलीमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म लेबी उठाउने, सदस्यता वितरणमा कडाइ गरिएको छ ।

‘नेपाली कांग्रेसको नियमावली २०७६’ लाई नियमावली संशोधन मस्यौदा समितिले केन्द्रीय समितिको बैठकमा पेस गरेको छ । केन्द्रीय समितिको बैठकमा यस विषयमा छलफल हुनेछ ।

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) लाई कार्यान्वयन गरी नेपाली कांग्रेसका सदस्यको स्वाभिमान र आत्मसम्मानको कदर गर्दै, अनुशासित, मर्यादित र सक्रिय बनाउँदै, पार्टीको आदर्श र उद्देश्य प्राप्तिका लागि, संगठनलाई सशक्त र सुदृढ रुपले सञ्चालन गर्न, पार्टीको विधानमा गरिएका संशोधनका विषयलाई समेटेर पार्टीको नियमावली बनाउन वाञ्छनीय भएकोले, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४८ बमोजिम नेपाली कांग्रेसको नियमावली २०७६ बनाई लागु गरिएको छ,’ प्रस्तावनामा भनिएको छ ।

नियमावलीको परिच्छेद दुईमा सदस्य सम्बन्धी व्यवस्था गरिएको छ ।

विधानको धारा (४) १ बमोजिमको योग्यता पुगेको नेपाली नागरिकले अनुसूची–१ बमोजिमको सदस्यताको आवेदन फारम भरी रु. ५० शुल्कसहित बुझाएमा सदस्यताको आवेदन फारम बुझ्ने निकायले यथाशिघ्र सदस्यता प्रदान गरी माथिल्लो निकायमा विवरण पठाउनेछ । कांग्रेसको सदस्यता नवीकरण गर्न चाहने सदस्यले वडा कार्यसमितिमा ५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

सदस्यताको प्रमाणपत्र हराएमा ५० रुपैयाँ तिरेर प्रतिलिपि निकाल्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

त्यसैगरी क्रियाशील सदस्यता प्रदान, नवीकरण र दर्ता किताब सम्बन्धी व्यवस्था परिच्छेद पाँचमा गरिएको छ ।

‘योग्यता पुगेका नेपाली कांग्रेसको सदस्यले आफू सदस्य रहेको वडा कार्यसमितिको कार्यालयमा पाँच सय रुपैयाँ शुल्कसहित अनुसूची–३ बमोजिमको क्रियाशील सदस्यताको प्रतिवद्धतासहितको आवेदन फारम भरि पेश गर्नुपर्नेछ’ उल्लेख छ ।

क्रियाशील सदस्यताको प्रमाणपत्र हराएमा २५० तिरेर प्रतिलिपि लिनुपर्नेछ । त्यसैगरी क्रियाशील सदस्यता नवीकरण गर्न चाहने क्रियाशील सदस्यले आफू सदस्य रहेको वडामा दैनिक एक रुपैयाँका दरले वार्षिक ३६५ रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्नेछ । त्यसैगरी लाभको पद लिनेले २० प्रतिशत लेबी बुझाउनुपर्ने प्रस्ताव गरिएको छ ।

क्रियाशील सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले ५० रुपैयाँ तिरेर निवेदन दिनुपर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।

विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट विधानको धारा ४(१२) बमोजिमको सदस्यता शुल्क तोकिएको छ

चीन, मलेसिया र सार्क मुलुकबाट एक सय रुपैयाँ सदस्यता शुल्क बुझाउनुपर्नेछ भने सो बाहेकका सबै देशबाट एक सय ५० रुपैयाँ बुझाउनुपर्नेछ ।

त्यसैगरी क्रियाशील सदस्यताका लागि चीन, मलेसिया र सार्क मुलुकबाट आठ सय, इजरायल, ओमन, जोर्डनलगायत मध्यपूर्व–खाडीमुलुक, अफ्रिकी देशहरुबाट अमेरिकी आठ डलर बुझाउनुपर्नेछ ।

युरोपका सबै देश, अमेरिका, क्यानडा, अष्ट्रेलिया, सिंगापुर, हङकङ, मकाउ, दक्षिण कोरिया र जापानलगायतका अन्य सबै देशबाट ३० डलर बुझाउनुपर्ने व्यवस्था नेपाली कांग्रेसले गर्न लागेको छ ।

विदेशस्थित जनसम्पर्क समितिको क्रियाशील सदस्यले सदस्यता स्थानान्तरण गर्न चाहेमा पाँच सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

कहाँ खर्च हुन्छ उक्त रकम ?

सदस्यता शुल्कको उक्त रकम टोल कार्यसमितिले २० प्रतिशत खर्च गर्नेछ भने वडा कार्यसमितिले पनि त्यति नै खर्च गर्नेछ ।

गाउँ नगर कार्यसमिति, प्रदेशसभा क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्रीय समिति, जिल्ला कार्यसमिति प्रत्येक निकायमा १०–१० प्रतिशत खर्च हुनेछ ।

क्रियाशील सदस्यताको भने केही फरक व्यवस्था गरिएको छ । क्रियाशील सदस्यताको गाउँ–नगर वडा कार्यसमिति, गाउँ–नगर कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिमा १२–१२ प्रतिशतका दरले खर्च हुनेछ ।

त्यसैगरी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा २०–२० प्रतिशतले खर्च हुने व्यवस्था गर्न लागिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -