काठमाडौं, २४ असार २०७६ । सिंहदरबारको पूर्वी गेटबाट नेपाल विद्यार्थी संघका नौजना पक्राउ परेका छन् ।
भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण नगर्ने सरकारी निर्णयविरुद्ध आज साँझ राँके जुलुश निकाल्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले समातेको हो । उनीहरुलाई प्रहरी वृत्तमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा नेविसंघका पूर्व उपाध्यक्ष सागर परियार, निवर्तमान केन्द्रीय सदस्य पुजन गन्धर्व, लक्ष्मण पन्थी, कमल तिमल्सिना, तारा बहादुर थापा, सन्जिव ढकाल, पकज क्षेत्री, बुद्ध सुवेदी, शिशिर दवाडीलगायत छन् ।








































