Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:३३:५० बिहान
- ADVERTISEMENT -

भान्सामा सोझै भित्रिँदै विषादी, भारतबाट मात्र ४४ प्रतिशत तरकारी आयात

प्रकाशित मिति: २०७६ असार २१, शनिबार

1293
Shares

काठमाडौं, २१ असार २०७६ । भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु गरेर वाहवाही पाएको सरकार स्थगनपछि निकै आलोचित बनेको छ ।

सरकारको निर्णयलाई वाहावाही गरेका नागरिकले फिर्तासँगै जनताको स्वास्थ्यमाथि खेलवाड गरी भारतसामु झुकेको भन्दै आपत्ति जनाएका हुन ।

सरकारले भन्सार बिन्दुमै बिषदी परीक्षणको निर्णयअघि आवश्यक उपकरण छ कि छैन भन्ने तथ्यलाई बेवास्ता गर्दा जनताले निकै मन पराएको निर्णयबाट पछि हटनु परेको छ । भन्सार नाकाबाट काठमाडौंमै परीक्षणका लागि ल्याउनु पर्ने र त्यसो गर्दा कम्तीमा तीन दिनको समय लाग्ने गरेपछि सवै तरकारी कुहिएर नष्ट गर्नुपर्ने बाध्यता आइलागेपछि सरकार निर्णयबाट पछि हटनु परेको हो ।

‘भन्सारमा बिषादी परीक्षणको निर्णय सही हो, तर कार्यान्वयनका लागि आवश्यक कुनै पुर्वाधार छैन, त्यही भएर केही समयका लागि स्थगन भएको हो,’ कृषि मन्त्रालयका एक अधिकृत भन्छन । सरकारी दवाी जे भएपनि नागरिक भने यो बिषयमा आक्रोशित नै छन । बिना तयारी हचुवाको भरमा जनता भडकाउने निर्णयका रुपमा यसलाई लिनुपर्ने सत्तारुढ दलकै नेता कार्यकर्ता बताउँछन । बजारमा आउने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेभसाइटमा राखिएको परिणामले सवैको मुटु घोचिरहेको छ ।

साढे दुई वर्षदेखि समितिको वेभसाइड अपडेट छैन । तर राखिएको तथ्इले भने सवैलाई झस्काएको छ । दुई बर्षअघि समितिले काठमाडौंका विभिन्न ठाउँसहित कालीमाटी बजारमा पनि विषादी परीक्षण सुरु गरिएको थियो । सो दिन सार्वजनिक गरिएको ४ दिनको विषादी परीक्षण नमुनाको नतिजा निकै डरलाग्दो छ । वेभसाइटमा उपलब्ध तथ्यांकअनुसार भारतबाट आउने तरकारीमा ८० प्रतिशतसम्म विषादी भएको पाइएको थियो । साढे दुई वर्षअघिको तथ्यांक यस्तो डर लाग्दो छ भने यसले के स्पष्ट पार्छ भने अहिले पनि भारतीय फलफूल तथा तरकारीमा विषादी उच्च छ ।

२०७३ माघ ५ भारतबाट आउने गोलभेडाको एक नमुना परीक्षणको नतिजाअनुसार ८३।१८ प्रतिशत विषादी भेटिएको छ । जब कि कुनै फलफूल तथा तरकारीमा यस्तो मात्रा ४५ प्रतिशतभन्दा धेरै भएमा खान अयोग्य हुन्छ र यसलाई बिसर्जन गर्नुपर्ने कालीमाटी बजारकै सूचनामा उल्लेख छ। उक्त गोलभेडा इस्राद भन्ने व्यवसायीले भारटबाट ल्याएका थिए । उनैले सोही दिन ल्याएको गोलभेडा कै अर्को नमुनामा ७९।२० प्रतिशत विषादीको मात्रा भेटिएको थियो।

त्यस्तै, सोही महिनाको ६ गते नारायण श्रेष्ठ भन्ने व्यसायीले भारतबाट ल्याएको गोलभेडामा ६५।८१ प्रतिशतसम्म विषादीको मात्रा भेटिएको थियो । मुलुकभित्रकै काउली, गोेलभेडामा पनि विषादीको मात्रा अत्याधिक भएको देखिन्छ । बारा, चितवन र पर्साबाट आएको तरकारीमा उक्त मात्रा धेरै देखिएको थियो । उक्त साल माघ ७ गते चितवनबाट राम कुमार कँडेलले ल्याएको काउलीमा ७२ प्रतिशत विषादी भेटिएको थियो ।

पर्साबाट आएको काउलीमा पनि झन्डै ५३ प्रतिशत विषादी देखिएको कालीमाटी बजारको तथ्यांकमा उल्लेख छ । कुनै पनि तरकारी वा फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्र देखिएमा उपभोग गर्न योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन राखेर प्रयोग गर्न सकिने र ४५ प्रतिशतभन्द बढी भएमा नष्ट गर्नुपर्छ । पछिल्लो समय बिषदी परीक्षणको कामसँगै उपभोक्ता निकै सतर्क भएका छन । सरकारले यथाशिघ्र आवश्यक पूर्वाधार तयार पारी भन्सार बिन्दुमै बिषादी परीक्षणको ब्यवस्था गर्नुपर्ने देखिन्छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -